बुटवल । बुटवल -६ नेपालगन्जरोडमा प्रधानकार्यालय रहेको आवाज बचत तथा ऋण सहकारी संस्था लिमेटेडको १६ औं बार्षिक साधारणसभा आज बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभामा राष्ट्रिय सहकारी महासंघ लेखा सुपरिवेक्षण समिती संयोजक भिम तुलाचनले सहकारी अभियान तुहाउने खेल सुरु भएको बताएका छन् । तुलाचनले २०१३ साल देखी सुरु भएको अभियान जोगाउन सहकारी अभियान्ताहरु जाग्नु पर्नेमा जोड दिए । सरकार स्थिर नहुदाको परिणाम सहकारीले पनि भोग्नु परेको बताउँदै उनले सहकारीको कामले समाजलाई राम्रो सन्देश दिनु पर्ने बताए ।
उनले सहकारी मापदण्ड र निर्देशिका अनुसार चलेकाले यसमा कुनै समस्या नरहएको र सहकारी अभियानमा आवाजले उत्कृष्ट सेवाको सन्देश दिएको बताए । सहकारीसंग कारोबार विस्वसनिय बन्दै गएको बताउँदै उनले भने " बैंक अरुको लागि हो सहकारी आफ्नो लागी । त्यसकारण सहकारी मै कारोबार गर्नु राम्रो हुन्छ ।"
संस्थाका निवर्तमान अध्यक्ष बाबुराम बन्जाडेले सहकारी मार्फत बैंक खोल्ने उदेश्यले संस्था स्थापना गरेको स्मरण गर्दै बैंक भन्दा सहकारीले नै उत्कृष्ट सेवा दिने भएकाले सहकारीको बिकास गरिएको बताए । सल्लाहकार राम प्रसाद खरेलले सहकारीमा स्वनियमन महत्त्वपूर्ण कुरा रहेकाले शेयर सदस्य सकृय हुन जरुरी रहेको बताए ।
छिमेकी सहकारी धनबर्षा बचत तथा ऋण सहकारीका अध्यक्ष राधाकृष्ण देउजाले सरकारले सहकारी एकीकृत योजना ल्याएमा आवाजसंग मर्ज हुन तयार रहेको बताए ।
सहकारीका अध्यक्ष जीवन कुमार अधिकारीले बार्षिक प्रतिबेदन पेश गर्दै सहकारीको श्रीवृद्धिको लागि संचालक समितीले निकै सुझबुझका काम गरेको बताए । उनले आवाज सहकारीको काम कार्बाही पारदर्शी र बिश्वसनिय भएको बताउदै कतिपय सहकारीमा देखिएको समस्या नियमनकारी निकायबाट छिट्टै समाधान हुने बिश्वास व्यक्त गरे । उनले १ करोड ८० लाख कोष स्थापना गरिएकोले सहकारी मजबुद रहेको बताए । आगामी दिनमा सहकारी सदस्य वृद्धि गर्ने , युबा र महिला केन्द्रित कार्यक्रम गर्ने योजना पेश गरे । संस्थाका सचिब बालकृष्ण पाण्डेको संचालनमा भएको साधारणसभा सभामा लेखा समिती संयोजक राजिव गौतमले सहकारीका मुल्य मान्यता र मार्गनिर्देशनलाई अंगिकार गरेको आफुले पाएको बताउदै सहकारीको सबै ईन्डिकेटर सकारात्मक रहेको बताए । सहकारीका कोषााध्यक्ष स्वराजकुमार जैसवालले सहकारीको कुल वासलात २६ करोड ३२ लाख ८७ हजार १ सय ७४ रहेको जानकारी दिए ।
साधारणसभामा बाल बचतकर्ता ग्रृष्मा न्यौउपाने, उत्कृष्ट शेयर सदस्य बसन्त राना , उत्कृष्ट कारोबारी रोजिन मिया, उत्कृष्ट बचतकर्ता गङ्गा शर्मा , उत्कृष्ट कर्मचारी रिता कुमारी आचार्यलाई पुरस्कृत गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology