Logo

२०८३, श्रावण २७गते


images
images

अन्तरिम सरकार

चुनाव नलड्ने १०-१२ जनालाई मन्त्री बनाउछौं- प्रधानमन्त्री कार्की

चुनाव नलड्ने १०-१२ जनालाई मन्त्री बनाउछौं- प्रधानमन्त्री कार्की

images
  • चुनाव नलड्ने १०-१२ जनालाई मन्त्री बनाउछौं- प्रधानमन्त्री कार्की
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले १० देखि १२ जानको हाराहारीमा मन्त्री बनाउने बताएकी छन् ।

    images
    images
    images

    बिबिसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले २५ मन्त्रालयमा एक जानले कम्तिमा दुई मन्त्रालय हेर्ने गरि बनाउने तयारीमा रहेको बताएकी हुन् ।

    images
    images
    images

    उनले भनेकी छन्- 'राष्ट्रपतिले राजनीतिक दलका एक एक जना लिएर बृहत निर्वाचनको मन्त्रिमण्डल बनाउनुस् भन्नु भएको थियो । तर मैले त्यस्तो राम्रो हुदैन, स्वतन्त्र मान्छे हुनुपर्छ भनेको छु । अब गर्नेमा हामीले समावेशीलाई हेर्नुपर्ने छ । त्यसमा जनजाती, दलित, महिला, पिछडिएको पनि भयो भने, त्यस्तो व्यक्तिहरुको हामी खोजीमा छौं । नाम त थुप्रै आएको छ तर त्यसमध्येमा हामीले पोलिटिक्समा गएको छ की छैन भन्ने हेरिरहेका छौं ।'

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले निर्वाचनमा नजाने व्यक्तिलाई मन्त्री बनाउन सोचाइमा रहेको बताएकी छन् । उनले आफुलाई सहयोग गर्नेहरुबाट नामहरुमा विचार गरिरहेको बताएकी छन् ।

    उनले आफुसँग केवल ६ महिनाको समय भएको र निर्वाचनमा केन्द्रित भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको छानबिन गर्ने समितिले एक महिना र बढीमा ४५ दिनमा सक्ने गरि बढीमा तीन जनाको समिति बनाएर अध्ययन गराउने समेत बताएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।