Logo

२०८३, श्रावण २७गते


images
images

दीप बोर्डिङ स्कुलमा छात्रा सचेतना कार्यक्रम सम्पन्न

दीप बोर्डिङ स्कुलमा छात्रा सचेतना कार्यक्रम सम्पन्न

images
  • दीप बोर्डिङ  स्कुलमा छात्रा सचेतना कार्यक्रम सम्पन्न
    images
    images

    बुटवल । युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कुलले सोमबार छात्रा  सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उमेर वृद्धिसँगै छात्राहरूमा आइपर्ने पिरियड र यसले निम्याउने शारीरिक परिवर्तन एवम् मानसिक तनाबलाई व्यवस्थापन गर्न कार्यक्रम आयोजना गरिएको हो । 

    images
    images
    images

    कार्यक्रममा कक्षा ५, ६, ७ र ८ मा अध्ययन गर्ने छात्रा विद्यार्थीहरूलाई विद्यालयको उपल्लो कक्षामा पढ्ने विद्यार्थी आरभी आचार्य र पूजा खनालले भिडियो तथा प्रिजेन्टेसनबाट पिरयडका बारेमा जानकारी गराएका थिए । 

    images
    images
    images


    त्यसैगरी नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाकी जुनियर/युवा रेडक्रसकी संयोजक अप्सरा उपाध्यायले दीप युवा रेडक्रसले पिरियडका बारेमा गरेको सचेतना कार्यक्रमको प्रशंसा गर्दै छात्राहरूले पिरियडलाई स्वाभाविक प्रक्रियाका रूपमा लिन र मानसिक नलिन आग्रह गर्नुभयो । 

    images
    images
    images


    युवा रेडक्रस सर्कलकी अध्यक्ष आरभी आचार्यको सभाध्यक्षता, सर्कलका संरक्षक तथा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता,  उपप्राचार्य द्वय कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाकी जुनियर/युवा रेडक्रसकी संयोजक अप्सरा उपाध्याय, शिक्षक नायक विजय सापकोटा, सहनायक पुरुषोत्तम पाण्डे, स्वास्थ्य जनसङ्ख्या तथा वातावरण विषयकी प्रमुख सरिता सोती लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सर्कलकी सचिव पूजा खनालले गरेकी थिइन् । कार्यक्रममा रेखा आचार्य, कविता ज्ञवाली लगायतको सहयोगी भूमिका रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।