भैरहवा । रुपन्देहीमा सुरक्षा संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालयले फेरी कर्फ्यु आदेश र निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अर्को आदेश नभएसम्म राति १० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू हुनेछ । यस अवधिमा कुनै पनि व्यक्ति वा समूहले आवतजावत, सभा, बैठक, प्रदर्शन, जुलुस तथा भिडभाड गर्न पाउने छैनन् ।
त्यसैगरी, बिहान ६ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । यस अवधिमा पाँच जनाभन्दा बढी भेला भई आन्दोलन, जुलुस, प्रदर्शन, धरना, धर्मसभा वा कुनै किसिमका भीडभाड गर्न प्रतिबन्ध लगाइएको छ ।
आदेशको उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले जानकारी दिए ।
यस अघि पनि कर्फ्यु लगाएर २४ घण्टामा फुकुवा गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology