Logo

२०८३, आश्विन १०गते


images
images

श्रीलंकामा पुर्व राष्ट्रपतिलाई दिने विशेष सुबिधाको कानुन खारेज

श्रीलंकामा पुर्व राष्ट्रपतिलाई दिने विशेष सुबिधाको कानुन खारेज

images
  • श्रीलंकामा पुर्व राष्ट्रपतिलाई दिने विशेष सुबिधाको कानुन खारेज
    images
    images

    काठमाडौँ । श्रीलंकामा पुर्व राष्ट्रपतिका विशेष सुबिधा खारेज भएको छ । संसदमा नयाँ कानून पारित भएपछि यो निर्णय आएको हो, जसले पूर्व राष्ट्रपतिहरूलाई दिइने विशेष सुबिधाहरू खारेज गरेको छ ।

    images
    images
    images

    बुधबार श्रीलंकाको संसदले भारी बहुमतले पूर्व राष्ट्रपतिहरूको विशेष सुबिधाखारेज गर्ने कानूनलाई अनुमोदन गर्‍यो । यो कानूनले पूर्व राष्ट्रपतिहरू र उनीहरूका विधवाहरूलाई दिइने विशेष सुविधा खारेज गर्दछ ।

    images
    images
    images

    यो विधेयकलाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेको थियो, जसका कारण श्रीलंका पोदुजाना पेरामुना पार्टीको विरोधका बाबजुद पनि यो कानून लागू गर्न भएको छ । श्रीलंकामा हाल पाँच पूर्व राष्ट्रपतिहरू जीवित छन्, जसमध्ये तीन जनाले हाल सरकारी सुविधाहरूको फाइदा लिइरहेका छन् र अब यी सुविधाहरू समाप्त हुनेछन् ।

    images
    images
    images

    २०२२ मा श्रीलंकामा भएको आन्दोलनपछि तत्कालिन राष्ट्रपति गोटाबाया राजपक्षेले पद त्याग्नुपरेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।