Logo

२०८३, आश्विन १०गते


images
images

रुस-युक्रेन युद्ध

रुसको पछिल्लो आक्रमणपछि जेलेन्स्की आग्रह : 'पेरिसमा भएको सम्झौता कार्यान्वयन होस्

रुसको पछिल्लो आक्रमणपछि जेलेन्स्की आग्रह : 'पेरिसमा भएको सम्झौता कार्यान्वयन होस्

images
  • रुसको पछिल्लो आक्रमणपछि जेलेन्स्की आग्रह : 'पेरिसमा भएको सम्झौता कार्यान्वयन होस्
    images
    images

    काठमाडौँ । युक्रेनमा रातभर रुसको आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सहयोगीहरूलाई 'पेरिसमा भएको सम्झौता कार्यान्वयन गर्न' आग्रह गरेका छन्।

    images
    images
    images

    जेलेन्स्कीले युक्रेनमा ८०० भन्दा बढी ड्रोन र १३ वटा मिसाइल प्रहार गरिएको बताउदै चार ब्यालिस्टिक मिसाइल समेत आक्रमण गरिएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    हालै पेरिसमा भएको बैठकमा युक्रेनको लागि सुरक्षा ग्यारेन्टीहरूबारे छलफल गरिएको थियो । जेलेन्स्कीले बैठकमा सहयोगीहरू बीच सहमति भएका कुराहरू कार्यान्वयन गरिनुपर्ने बताएका हुन् । पेरिसमा भएको सहमतिमा युक्रेनलाई युरोपले सुरक्षा ग्यारेन्टी दिने बताइएको थियो  ।

    images
    images
    images

    अर्कोतर्फ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविराम पछि 'आश्वासन बल' पठाउन युक्रेनका सहयोगीहरूको कुनै पनि सुझावलाई अस्वीकार गरेका छन् । उनले युक्रेनमा त्यस्ता सेनाहरू यसको लागि वैध लक्ष्य हुने चेतावनी दिएका छन् । रूसले रातारात ड्रोन र मिसाइलहरूले युक्रेनमाथि गरको आक्रमणपछि प्रतिक्रियामा, युक्रेनले पनि रूसमा ड्रोन आक्रमण गरेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।