देवदह । निवृत्त राष्ट्रसेवक समाज नेपाल देवदहको प्रथम नगर भेला सम्पन्न भएको छ । भेलाले निवृत्त शिक्षक मित्रलाल न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति गठन गरेको जनाइएको छ ।
गठित समितिको उपाध्यक्षमा झविन्द्रप्रसाद पाण्डे, सचिवमा टंकप्रसाद पाण्डे, सहसचिवमा नमकान्त पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद भूषाल चयन भएका छन् । त्यस्तै सदस्यमा चक्रपानी न्यौपाने, रोमा रानामगर, चन्द्रकान्त पराजुली र लिलावल्वभ भट्टराई रहेका छन् ।
भेलाले चेतप्रसाद वस्यालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ । जसमा ऋषिराम लामिछाने र लेखनाथ ज्ञवाली सदस्य रहेका छन् ।
कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाज नेपालका केन्द्रीय उपाध्यक्ष टेकबहादुर थापा, जिल्ला अध्यक्ष हेमबहादुर क्षेत्री, जिल्ला कोषाध्यक्ष लक्ष्मण ज्ञवाली लगायतले विचार राखेका थिए ।
अध्यक्ष मित्रलाल न्यौपानेले निवृत्त राष्ट्रसेवक समाज नेपालको आवश्यकता, यसको महत्व र औचित्यबारे प्रकाश पार्दै समाजलाई संगठित रूपमा अघि बढाउन सबैको सक्रियतामूलक भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology