Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीको मदानेमा साहसिक खेल जिपलाइन र स्काइ साइक्लिङ सुरु

गुल्मीको मदानेमा साहसिक खेल जिपलाइन र स्काइ साइक्लिङ सुरु

images
  • गुल्मीको मदानेमा साहसिक खेल जिपलाइन र स्काइ साइक्लिङ सुरु
    images
    images

    गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले एकैपटक जिपलाइन तथा स्काइ साइक्लिङ निर्माण गरेको छ । पर्यटकीय सम्भावनालाई अझै उजागर गर्न मदाने गाउँपालिका ७ भनभनेको रोल्मामा निर्माण गरिएको जिपलाइन तथा साइक्लिङको मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवरले शुभारम्भ गरे।

    images
    images
    images

    उनले यो खेल खेल्न रहरमात्रले नपुग्ने र साहस पनि आवश्यक हुने भएकाले नयाँ पुस्ताको रुचीलाई मध्येनजर गरेर निर्माण गरिएको बताए ।

    images
    images
    images

    रोल्मा तिखेचुली पर्यटन पुर्वाधार अन्तरगत अर्घा कन्स्ट्रक्सन प्रालि अर्घाखाँचीले ७४ लाख २५ हजार २९२ रुपियाँको लागतमा ३२० मिटर डवल जिपलाइन र ९० मिटर डवल स्काइ साइक्लिङ निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए । रोल्मामा मनकामना मन्दिर, बाल उद्यान, पिकनिक स्पोर्ट, पोखरी र घेराबार गरेर करिव तीन करोडको पर्यटकीय संरचना निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।

    images
    images
    images

    राम्रो दिनको प्रतिक्षामा रहेकाले निकट समयमै मन्दिरको उद्घाटन गर्ने गाउँपालिकाले जनाएको छ । मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड़्काले मदन भण्डारी राजमार्ग, सालझन्डी ढोरपाटन सडक र  पहुँच मार्गको नजिक र तीन जिल्लाको संगम स्थल भएकाले ब्यावसायिक रुपमा पनि भविस्य देखेर जिपलाइन र स्काइ साइक्लिङ सन्चालन गरिएको खडकाले बताइन् ।

    कार्यक्रममा छिमेकी गाउँपालिकाहरुको पनि उपस्थिती रहेको थियो । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले आन्तरिक तथा बाह्य पर्यटनको माध्यमबाट आर्थिक समृद्धि संभव भएकाले साहसीक खेलहरुले त्यसमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुलाई एक आपसमा स्थानीय सरकारहरुले जोडेर विकास गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रमको संचालन बसन्त कुवंरले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।