Logo

२०८३, आश्विन १०गते


images
images

अफगानिस्तान भूकम्प

अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ८०० नाघ्यो

अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ८०० नाघ्यो

images
  • अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ८०० नाघ्यो
    images
    images

    काठमाडौँ । अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ८०० नाघेको छ । आइतवार राति आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म ८१२ भन्दा बढीको मृत्यु भएको अफगानिस्तानको विपद प्राधिकरणलाई उल्लेख गर्दै टोलोन्यूजले जानकारी दिएको छ । भूकम्पबाट अहिलेसम्म २८ सयभन्दा बढीघाइते भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएको बताएका छन् ।

    images
    images
    images

    अहिले राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ । विश्वका कैयौं देशहरुले भूकम्पमा भएको क्षतिप्रति दुख व्यक्त गर्दै सहयोगको लागि अगाडी आएका छन् । भारत, साउदी अरब, जापान, रुसले सहयोगको हात गाडी बढाएको टोलोन्यूजले उल्लेख गरेको छ ।  

    images
    images
    images

    यसैबीच भारतले तत्काल २ हजार टेन्ट र १५ टन खाद्यान्न उपलब्ध गराउने बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर तल थियो। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो ।  पहिलो भूकम्पपछि पनि ४.७, ४.३ र ५.० रेक्टर स्केलका कम्पन महसुस गरिएको टोलोन्यूजले उल्लेख गरेको छ ।

    यसअघि ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विनाशकारी भूकम्प आएको थियो । तालिबान सरकारले यस भूकम्पमा ४ हजारको मृत्यु भएको दाबी गरेको थियो भने संयुक्त राष्ट्र संघले १५०० जनाको मृत्यु भएको पुष्टि गरेको थियो । अफगानिस्तानमा शक्तिशाली भूकम्पको इतिहास छ। हिन्दुकुश पर्वत शृङ्खला भूकम्पको हिसाबले सक्रिय मानिन्छ, जहाँ हरेक वर्ष भूकम्प आउँछ । अफगानिस्तान भारतीय र युरेशियन टेक्टोनिक प्लेटहरूको बीचमा अवस्थित छ। यो फल्ट लाइन अफगानिस्तानको हेरातसम्म जान्छ। प्लेटहरूमा हलचल हुँदा भूकम्प आउँछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।