Logo

२०८३, आश्विन ९गते


images
images

नेपाली क्रिकेट

आसामसँग नेपाल ए १८ रनले पराजित

आसामसँग नेपाल ए १८ रनले पराजित

images
  • आसामसँग नेपाल ए १८ रनले पराजित
    images
    images

    काठमाडौं । आसाम राज्य टिमले नेपाल ए लाई पराजित गरेको छ । आसामले नेपाल ए लाइ १८ रनले पराजित गरेको हो । आसामले दिएको १७५ रनको लक्ष्य पछाएको नेपाल ए ले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनाएको हो । नेपालका लागि कप्तान अनिल शाहले सर्बाधिक ६७ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आसामले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो । आसामका लागि सुमित घडीगावकरले सर्बाधिक ७० रन बनाए भने ऋषिकेश तामोलीले ४५ र निहार देकाले ३७ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै नेपाल ए टिमका बलर आकाश चन्दले २ तथा अहमद बसिरले एक विकेट लिएका थिए । यो जितपछि ५ खेलको सिरिज २-२ ले बराबरी भएको छ र अब सिरिजको अन्तिम तथा निर्णायक खेल भोली हुने तालिका रहेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।