Logo

२०८३, आश्विन १०गते


images
images

बिथोलियो व्यापार वार्ता

अमेरिकाको नयाँ सर्तले बिथोलियो जापानसंगको व्यापार वार्ता

अमेरिकाको नयाँ सर्तले बिथोलियो जापानसंगको व्यापार वार्ता

images
  • अमेरिकाको नयाँ सर्तले बिथोलियो  जापानसंगको व्यापार वार्ता
    images
    images

    काठमाडौँ । अमेरिकाको नयाँ सर्तका कारण सम्भावित व्यापार सम्झौताको बारेमा अमेरिका र जापानबीच जारी वार्ता अवरुद्ध भएको छ ।

    images
    images
    images

    अमेरिकाले जापानलाई थप अमेरिकी चामल किन्न माग गरेको छ, जुन जापान स्वीकार गर्न तयार देखिएको छैन ।

    images
    images
    images

    जापानी पत्रिका निक्केईका अनुसार टोकियोका शीर्ष व्यापार वार्ताकारले हालै आफ्नो अमेरिकी भ्रमण रद्द गरेका छन् । यसले दुई पक्षबीचको गतिरोध बढेको  संकेत गरेको छ । दुई देश जुलाईमा एक सम्झौतामा पुगेका थिए, जसअन्तर्गत जापानी सामानमा अमेरिकी कर १५ प्रतिशतमा घटाइएको थियो ।

    images
    images
    images

    यद्यपि, अब राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ सर्तले त्यो सम्झौताको भावनामाथि प्रश्न उठाएको छ । निक्केई रिपोर्टका अनुसार, यो माग पहिलेको सम्झौताको विरोधाभास भएको जापानको भनाई रहेको छ,  किनकी शुरुवातमा कर लगाउदा जापानको कृषि उत्पादनमा आयात शुल्क प्रभावित नहुने अमेरिकी पक्षले बताएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।