Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

वीरगंज महानगरका विद्यालय थप तीन दिनका लागि बन्द

वीरगंज महानगरका विद्यालय थप तीन दिनका लागि बन्द

images
  • वीरगंज महानगरका विद्यालय थप तीन दिनका लागि बन्द
    images
    images

    वीरगंज । वीरगंज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालयहरू बन्द गरेको छ । वीरगंजमा झाडापखाला र हैजाको संक्रमण कायमै रहेकाले विद्यालयहरू थप तीन दिनका लागि बन्द गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    यसअघि भदौ १३ गतेसम्म बन्द रहेका महानगर क्षेत्रका विद्यालय अब १७ गतेसम्म बन्द हुने भएका छन् । महानगरले भनेको छ- विगत केही समयदेखि बढ्दै गएको हैजाको प्रकोपलाई मध्यनजर गर्दै भोलि मिति २०८२ भाद्र १५ गतेदेखि १७ गतेसम्म सबै विद्यालय तथा कोचिङ सेन्टरहरूको पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्नुहुन अनुरोध छ ।' 

    images
    images
    images

    साथै महानगरले विद्यालयमा हैजाको  सङ्क्रमणलाई रोकथाम गर्न र विद्यालय सञ्चालनको पूर्व तयारीका लागि देहाय बमोजिम गर्न गराउन आग्रह गरको छ ।

    images
    images
    images

    महानगरले विद्यालयको शौचालय, खानेपानीको ट्याङ्की लगायतको सरसफाई गर्न, खानेपानीको ट्याङ्कीमा क्लोरिनको झोल राखी पानी शुद्धिकरण गर्न, विद्यालयमा वाशको फोकल पर्सन तोकी स्वास्थ्य संस्थाको प्रत्यक्ष सम्पर्कमा रहन, विद्यालयका विद्यार्थीहरू कोही संक्रमित भए-नभएको जानकारी लिई हैजा रोग लागेको भए सोको जानकारी महाशाखामा गराउन, साथै सरसफाईका मापदण्डहरुलाई पूर्ण रुपले परिपालना गरी विद्यालयमा पठनपाठन गर्नका लागि पूर्व तयारी गर्न गराउनु हुन सबै विद्यालय, इन्स्टिच्युट तथा शैक्षिक संस्थाहरूलाई आग्रह गरको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।