Logo

२०८३, आश्विन १०गते


images
images

गभर्नरलाई बर्खास्त गर्न ट्रम्पको आदेश

गभर्नरलाई बर्खास्त गर्न ट्रम्पको आदेश

images
  • गभर्नरलाई बर्खास्त गर्न ट्रम्पको आदेश
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ गभर्नर लिसा कुकलाई पदबाट हटाएका छन् ।

    images
    images
    images

    ट्रम्पले कुकले पदबाट हटाएको पत्रमा धितो सम्बन्धी कागजातहरूमा गलत जानकारी प्रदान गरेको आरोप लगाउदै संविधान अन्तर्गत यो कारबाही गर्ने अधिकार आफूसँग भएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    कुकले यो निर्णयलाई गैरकानूनी भनेकी छन् भने राष्ट्रपतिलाई उनलाई बर्खास्त गर्ने अधिकार नभएको र उनले राजीनामा नदिने बताएकी छन् ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपतिले संघीय रिजर्भ गभर्नरलाई हटाउने प्रयास गरेका यो पहिलो पटक हो । यसले केन्द्रीय बैंकको स्वतन्त्रता र राष्ट्रपतिको अधिकारमाथि ठूलो विवाद निम्त्याएको छ ।

    जुलाईको अन्त्यमा भएको संघीय रिजर्भको अन्तिम बैठकमा लिसा कुक, जेरोम पावेल र बोर्डका अधिकांश अन्य सदस्यहरूले अमेरिकी ब्याजदर कायम राख्ने पक्षमा मतदान गरेका थिए ।

    ट्रम्पले केन्द्रीय बैंकलाई ब्याजदर घटाउन निरन्तर दबाब दिइरहेका छन् र यसले टकरावको अवस्था कायमै रहेको छ ।

    पुर्व राष्ट्रपति जो बाइडेनले २०२२ मा लिसा कुकलाई गभर्नरमा नियुक्त गरेका थिए । उनी यस पदमा सेवा गर्ने पहिलो अफ्रिकी-अमेरिकी महिला हुन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।