Logo

२०८३, आश्विन १०गते


images
images

स्वास्थ्य आपतकाल

दक्षिणी अफ्रिकी देश बोत्सवानामा स्वास्थ्य आपतकाल घोषणा

दक्षिणी अफ्रिकी देश बोत्सवानामा स्वास्थ्य आपतकाल घोषणा

images
  • दक्षिणी अफ्रिकी देश बोत्सवानामा स्वास्थ्य आपतकाल घोषणा
    images
    images

    काठमाडौँ । दक्षिणी अफ्रिकी देश बोत्सवानाले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । बोत्सवानाले आवश्यक औषधि र चिकित्सा उपकरणको अभावको सामना गरेपछि देशमा स्वास्थ्य आपतकाल घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ ।

    images
    images
    images

    राष्ट्रपति डुमा बोकोले टेलिभिजन सम्बोधन गर्दै देशमा स्वास्थ्य आपतकालको घोषणा गरेका हुन् । उनले आपूर्ति शृङ्खला ठीक गर्न सैन्य निगरानीसँग सम्बन्धित योजना प्रस्तुत गरेका छन्, जसको लागत करोडौं रहेको बताइएको छ । देशलाई सम्बोधन गर्दै राष्ट्रपतिले सरकारसँग पैसाको अभाव रहेको र देशमा औषधि र चिकित्सा सेवाहरूको लागि कठिन समय भएको बताएका छन् ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय हीरा बजारमा आएको गिरावटले बोत्सवानाको अर्थतन्त्र नराम्ररी प्रभावित भएको बताइएको छ । बोत्सवाना विश्वको सबैभन्दा ठूलो हीरा उत्पादकहरू मध्ये एक हो । मिडिया रिपोर्टहरूका अनुसार, यसका कारण, २५ लाख जनसंख्या भएको बोत्सवानाको ठूलो हिस्सा बेरोजगारी र गरिबीसँग संघर्ष गरिरहेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।