काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले उक्त प्रस्ताव प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ ।
सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई अन्त्य गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न गृह मन्त्रालयले प्रस्ताव पठाएको थियो ।
आगामी दिनमा पनि आवश्यकता अनुसार थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने योजना रहेको गृह मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology