Logo

२०८३, आश्विन ९गते


images
images

बुद्ध पब्लिकमा तीज गीत नृत्य प्रतियोगिता, ७३ समूहको सहभागिता

बुद्ध पब्लिकमा तीज गीत नृत्य प्रतियोगिता, ७३ समूहको सहभागिता

images
  • बुद्ध पब्लिकमा तीज गीत नृत्य प्रतियोगिता, ७३ समूहको सहभागिता
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले तहगत तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नर्सरीदेखि कक्षा १२ सम्मका ७३ समूहको सहभागिता रहेको प्रतियोगिता कक्षा ११ र १२ तर्फ बिहान र नर्सरीदेखि कक्षा १० तर्फ दिउँसो सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    प्रतियोगिताको औपचारिक समारोहमा बोल्दै विद्यालयका अध्यक्ष जयकिशन अधिकारीले तीज नारीहरूको पर्व भएकाले यसको संरक्षण र निरन्तरतामा महिलाहरूले नेतृत्व गर्नुपर्ने बताए । अध्यक्ष अधिकारीले विद्यार्थीहरुले मौलिक गीत रचना गरेर प्रस्तुत गरेको नृत्य तीजको वास्तविक भावनासँग मेल खाने रहेको उल्लेख गरे । उनले तीजलाई हिमालयकी पुत्री पार्वतीले शिव प्राप्तिका लागि गरेको तपस्या र वर्षभरिका दु:ख, व्यथा भुलाउने पर्वका रूपमा स्मरण गरे ।

    images
    images
    images

    विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले विद्यार्थीहरुले आफ्नो मौलिक धर्म-संस्कृतिको जगेर्ना गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 'नयाँ पुस्ताले नै मौलिक संस्कृतिको संरक्षण र विकास गर्नुपर्छ ।' उनले भने, 'बुद्ध पब्लिकले त्यसैको लागि अतिरिक्त क्रियाकलापहरु आयोजना गरिरहेको छ र विद्यार्थीको क्षमता विकासमा आवश्यक लगानी लगाइरहेको छ ।'

    images
    images
    images

    buddha public 1.jpg

    प्रतियोगितामा नर्सरी तर्फ नर्सरी गामा प्रथम र नर्सरी बिटा द्वितीय भए । एलकेजी तर्फ एलकेजी बिटा प्रथम रह्यो । ग्रेड प्रिपरटरीतर्फ जीपीएन बिटा र जीपीएन गामा प्रथम, जीपीएन अल्फा द्वितीय भए ।

    कक्षा १ तर्फ १ बिटा प्रथम र १ डेल्टा द्वितीय भए । कक्षा २–३ तर्फ २ गामा प्रथम, २ डेल्टा द्वितीय, २ अल्फा र २ बिटा तृतीय भए । कक्षा ४–६ तर्फ ४ सिग्मा प्रथम, ५ डेल्टा द्वितीय, ४ डेल्टा तृतीय र ६ डेल्टा सान्त्वना भए । कक्षा ७–९ तर्फ ८ डेल्टा प्रथम, ७ डेल्टा द्वितीय, ७ गामा तृतीय र ८ अल्फा सान्त्वना भए । कक्षा ११–१२ तर्फ १२ अल्फा प्रथम, १२ गामा द्वितीय, ११ डेल्टा तृतीय र ११ अल्फा सान्त्वना भए ।

    कार्यक्रममा विद्यालयका सह-प्राचार्य वेद सूर्यवंशी, कक्षा ११-१२ इन्चार्ज अनन्तराम भण्डारी र शिक्षक गीता पौडेलले शुभकामना व्यक्त गर्दै विद्यार्थीको प्रतिभाको प्रशंसा गरेका थिए । 

    buddha public 3.jpg

    सह-प्राचार्य रोशी गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको संयोजन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको गरेका थिए । कार्यक्रममा शिक्षक दुर्गा ढुङ्गाना र प्रिप्राइमरी इन्चार्ज मनमाया रुचालले स्वागत मन्तव्य राखे ।

    प्रतियोगिताको निर्णायकमा उषा थापा संयोजक र मनिषा थापा, रक्षा हमाल र विन सुनार सदस्य रहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।