Logo

२०८३, श्रावण २७गते


images
images

विचार

छोराको मुख हेर्दै ‘बा’

छोराको मुख हेर्दै ‘बा’

images
  • छोराको मुख हेर्दै ‘बा’
    images
    images

    आज फेसवुकभरी बा छन् । फेसबुकमा छोराले फोटो हालेको सुनाइदिने गाउँमा कोही छैनन् । छोराले फेसबुकमा बा हेर्ने । 'बा'ले घर आउँछ कि भनेर छोरा हेर्ने । बा मया मारेको छोराले आज फेसबुकमा मुख मात्र कसरी हेर्ने ? वास्तविक बा डाक्टरले दिएको औषधी खान सक्दैनन् । उनी ढल्न लागेको घरभन्दा पहिल्यै ढल्न बेर छैन् । गलेको शरिर र जलेको मन बिसाउने घरमा कोही छैनन् । पाटा परेका अनुहारका छालाभित्रको मैलो पखाल्दिने कोहि छैनन्, घरमा । कलेँटी परेको आस्कोट र टोपीमा सावुन पानी लगाउने उपाय छैन् । 

    images
    images
    images

    बुहारीका कुरा सुनेर घर बिर्सिएको छोराले कुशे औसीमा बा को एउटा फोटो फेसबुकमा राखेर बेदना पोखेको छ । उसले ३६४ दिन आफ्ना मस्तीका फोटा फेसबुवमा फोस्टाउँदा बा को फोटो कहिल्यै भेटेन् । जन्मदिने बा र आमासंग फोटो खिच्न उ कहिल्यै सुहाएन । बा ले मिठो खान्छन्, आराम चाहान्छन कहिल्यै सोँचेन । बा ले मेरा लागि ढुङ्गा फोरे । छोरालाई मिठो र मसिनो खुवाए आफुले पसिनो छोडे, नमिठो खाए । अचेल गाउँभरी टिठ लाग्दा बा छन् । 

    images
    images
    images

    रोगी आमैले जेनतेन अगेनो सल्काए बा को भोक मेटिएको छ । आमै पनि नभएका बा त बुढो होइन्, मुडो बनेर पल्टिएका छन् । बा जस्तै घरले पनि पाप्रा छोडेको छ । बा ले घर हेरेर चित्त बुझाएका छन्, तैँ पनि मैँ जस्तै त होस् । छोराले फोन गरेको बेला बा ले कहिल्यै बिसन्चो छ भन्दैनन् । किनकी उनले बुझेका छन्, त्यो नाथेसंग मलाई सन्चो गराउने कुनै उपाय छैन् । छोराको फेसबुके दिर्घायुले बा दुई दिन बढि बाँच्दैनन् । घडी हेर्ने उपाय छैन ।

    images
    images
    images

    बा जस्तै गलेकी आमैले एक गास दिए घाम हेरेर उसंगै सुत्छन् बा । मुस्किलले दशैमा भेट हुनेहरु पनि बा संगभन्दा नेटसंग बोल्छन् । त्यसैले बा लाई अचेल दशैको पनि आश छैन् । आफुसंगैका दावँली कोहि छैनन, गाउँमा । मोरो पर्दा छोरो छैन्, अर्काको घर गएकी छोरीको पीरले मात्रै के होस् । सहर झरेर जागिरे बनेका छोरा बुहारीलाई बा भेट्ने बिदा सरकारले दिँदैन् । 

    कतै फुर्सद मिलेपनि छोराले घर जान बुहारीलाई सोध्छ । आफ्ना बा भेट्न बर्षमा १० पटक माइत पुग्ने बुहारीलाई उसका बा को के मतलब । खै छोरा निष्ठुरी कि बुहारी पापिनी बा ले कहिल्यै मुख फोर्दैनन् । साधन छैन भनौ छोरा बुहारीकै मोटर छन् । घर बिर्सेको छोराले बा किन सम्झोस् । छोरा परदेशी हुने बित्तिकै शहर झरेकी बुहारी पनि दशैमा छोरा आए मात्रै गाउँ आउँछे । 

    मुरीका–मुरी अन्न उब्जने खेत र बारीमा बनमारा उम्रिएको छ । बारी बाँझिएपछि बाँदरले घरमै आएर बाका चामलका बोरा खोल्छन् । मुसलधारे पानीले घर माथिको जमिन चर्केको छ । जमिनभन्दा मन चर्केकाले होला बा ले पहिरो आए दुख लुक्छ भन्छन् । राम्रो ठाउँमा भएका छोरा बुहारीले सोधिखोजी नगरेर होला बा को मन अचेल एकोहोरो भएको छ । 

    लेखक नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।