बुटवल । नेपाली हिन्दु नारीरहरुको महान पर्व हरितालिका तीजको अवसरमा सत्य श्री साइबाबा सप्लायर्स प्रालि बुटवलले तीज मिलन कार्यक्रम गरेको छ ।
वि.सं.२०६४ सालबाट बुटवलमा उत्कृष्ट व्यावसायिक प्रतिष्ठानको रुपमा व्यवसाय सञ्चालन गर्दै आईरहेको साईबाबाले रुपन्देही र पाल्पाका व्यावसायिक डिलरहरु बिच तीज मिलन कार्यक्रम गरेको हो । रुपन्देहीको मणिग्राम स्थित ड्रिमल्याण्ड होटलमा आयोजित कार्यक्रममा ८० भन्दा बढि डिलरका सञ्चालकहरुले सहभागिता जनाएको प्रोप्राईटर पप्पु कुमार गुप्ताले जानकारी दिए ।
‘वर्षभरी काममा व्यस्त हुने डिलरका साथीहरुलाइ व्यवसायमा सघाउने उहाँहरुका पार्टनर (धर्मपत्नी) हरुसंगै राखेर सम्मान गर्ने उद्देशले कार्यक्रम आयोजना गरिएको हो ।’ गुप्ताले भने, ‘महिलाहरुको विशेष पर्वमा यो अवसर जुटाउने मौका पाएकोमा खुशी लागेको छ ।’
डिलरका सञ्चालकहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न कार्यक्रम गर्दै आएको साईबाबाले यो पटक महिला व्यवसायीहरुलाई जम्मा पारेर तीजका भाकामा नचाएको हो ।
बुटवलको कालिकानगरमा करिव २ दशक लामो समय व्यवसायिक रुपमा संलग्न रहेको साइबाबाले पाइप फिटिङ्गको बजारमा नेपालमा एकछत्र राज गरिरहेको मार्वेल टेक्नोप्लास्ट प्रा. लिले उत्पादन गर्ने पिभिसि र सिपिभिसिका सामग्री विक्रि गर्दै आएको छ ।
लुम्बिनी प्रदेशको डिस्टिव्युटर रहेको साईबाबाले मार्वेल ब्राण्डलाई प्रदेशका सबैजसो जिल्लामा पुर्याएको कम्पनीका सिनियर मार्केटिङ्ग अफिसर ताराबहादुर बस्नेतले जानकारी दिए । ‘यस क्षेत्रमा मार्वेलले बेग्लै पहिचान बनाएको छ, अहिले बजारमा प्लम्बिङ्गका सामान खरीद गर्न आउने ग्राहकले मार्वेल दिनुस् भन्ने स्थिति बनेको छ । पिभिसि र सिपिभिसिमा ग्राहकको पहिलो रोजाई बनेसँगै बिगत २ बर्षबाट हामीले एच डि पि ई पाईपको उत्पादन समेत सुरु गरेका छौं ।’ उनले भने, ‘सन् २०११ बाट निरन्तर गुणस्तरीय उत्पादनमा केन्द्रित रहेको मार्वेलले गुणस्तरमा कुनै सम्झौता नगर्ने भएकाले पनि हामीलाई ग्राहकले विश्वास गर्नुभएको हो ।’
तीज उत्सव नाम दिइएको कार्यक्रमको अवसरमा साईबाबाले डिलरहरुलाई गिफ्ट तथा मायाको चिनो समेत प्रदान गरेको छ । बुटवलका सञ्चारकर्मी सुमन रश्मी श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न तीजका भाकामा कलाकारहरुले प्रस्तुती समेत दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology