Logo

२०८३, आश्विन ९गते


images
images

ग्रीन प्लान्टमा विविध सांस्कृतिक कार्यक्रम

ग्रीन प्लान्टमा विविध सांस्कृतिक कार्यक्रम

images
  • ग्रीन प्लान्टमा विविध सांस्कृतिक कार्यक्रम
    images
    images

    देवदह । ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयमा हरितालिका (तीज) को अवसरमा शुक्रबार विविध सांस्कृतिक कार्यक्रम गरिएको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत मन्टेश्वरीदेखि कक्षा एकसम्मका विद्यार्थीले तीज विशेष नृत्य प्रदर्शनी प्रस्तुत गरेका थिए भने बुवाको मुख हेर्ने दिनलाई समर्पित रचना वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

    images
    images
    images

    जुनियरतर्फ कक्षा २ देखि ५ र सिनियरतर्फ कक्षा ६ देखि ९ सम्मका विद्यार्थीबीच सदनगत तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको प्राचार्य राजीव सापकोटाले जानकारी दिए  ।

    images
    images
    images

    कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रबन्ध निर्देशक एकनारायण काफ्लेले अतिरिक्त गतिविधिले विद्यार्थीको प्रतिभा अभिव्यक्त गर्ने र मौलिक संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने विचार व्यक्त गरे ।

    images
    images
    images

    प्रतियोगितामा जुनियरतर्फ गण्डकी सदन प्रथम, धौलागिरी सदन द्वितीय, नारायणी र लुम्बिनी सदन तृतीय भए । त्यस्तै, सिनियरतर्फ धौलागिरी सदन प्रथम, गण्डकी सदन द्वितीय, नारायणी र लुम्बिनी सदन तृतीय भएका अतिरिक्त क्रियाकलाप प्रमुख धनमाया शर्माले जानकारी दिइन् । 

    प्रतियोगितामा निर्णायकको भूमिका संगीता गुरुङ र सरस्वती शर्माले निर्वाह गरेका थिए ।

    शिक्षक समिन गैरेद्वारा संयोजन गरिएको कार्यक्रम ग्रीन प्लान्ट रेडक्रस सर्कलका अध्यक्ष संजोग थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।