Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा तीज विशेष नृत्य प्रतियोगिता

सगरमाथामा तीज विशेष नृत्य प्रतियोगिता

images
  • सगरमाथामा तीज विशेष नृत्य प्रतियोगिता
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार कक्षा ११-१२ र स्वर्णिम सगरमाथा क्याम्पसतर्फ बिबीएस अध्ययनरत विद्यार्थी बिचमा प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगितामा एन्जिला गुरुङ प्रथम, मेनुका खाम्चा दोस्रो र इशा क्षेत्री तृतीय भएका छन् । 

    images
    images
    images

    कार्यक्रमको औपचारिक समारोहमा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले अतिरिक्त क्रियाकलापले विद्यार्थीमा अतिरिक्त ज्ञान प्रदान गर्ने बताए । 'सबै विद्यार्थीको क्षमता, रुची र आवश्यकता समान हुँदैन । अतिरिक्त क्रियाकलापले सबैलाई अवसर दिन्छ र पछाडि परेका प्रतिभा अगाडि आउने अवसर प्राप्त गर्छन् ।' उनले भने । 

    images
    images
    images

    प्रतियोगितामा शिक्षकद्वय दामोदर सापकोटा र सर्मिला केसीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    कार्यक्रममा विद्यालयका सहप्राचार्य प्रदिप अधिकारी लगायतले विचार व्यक्त गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।