Logo

२०८३, श्रावण २७गते


images
images

स्वजागरण अभियान

देवदहमा बढ्दै स्वजागरण अभियान: रामजी अधिकारीलाई भ्याइनभ्याई

देवदहमा बढ्दै स्वजागरण अभियान: रामजी अधिकारीलाई भ्याइनभ्याई

images
  • देवदहमा बढ्दै स्वजागरण अभियान: रामजी अधिकारीलाई भ्याइनभ्याई
    images
    images

    देवदह । सकारात्मक सोचले नेतृत्वका लागि सकारात्मक उर्जा भर्ने काम गर्दछ । उर्जावान् नेतृत्वले सहि दृष्टिकोण निर्माण गर्छ र त्यसले विकासको मार्ग कोर्नको लागि मद्धत गर्छ । पछिल्लो समय देवदहमा सकारात्मक सोच विकासका लागि स्वजागरणका कार्यक्रमले तीव्रता पाएका छन् ।

    images
    images
    images

    नगरपालिका र वडा कार्यालय मात्र नभई, विद्यालय र सामाजिक संघसंस्थासम्म सक्रिय भएपछि चेतनामूलक कार्यक्रमले नगरलाई सामूहिक रूपान्तरणतर्फ डोर्याएको हो कि भन्ने आभाष हुन थालेको छ ।

    images
    images
    images

    साउन ३१  गतेबाट सुरु भएको स्वजागरणको कार्यक्रम विभिन्न ९ स्थानमा गरिए । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी ति सबै कार्यक्रमहरूका केन्द्रबिन्दु बने ।

    images
    images
    images

    ४ दिनमा ९ वटा स्वजागरणका कार्यक्रम :

    सनिबारदेखि मंगलवारसम्मको ४ दिनमा मात्र उनले ९ वटा कार्यक्रममा प्रशिक्षण दिए । कोलिय देवदह सहकारीका कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि र उनीहरुमा सकारात्मक उर्जा भर्ने उद्धेश्य सहित प्रशिक्षणमा व्यस्त भएका अधिकारीले सरदर दिनको दुई देखि कुनै दिन तीन वटासम्म कार्यक्रममा सहभागिता जनाए ।

    उनले देवदह नगरपालिका वडा नं ५ ले आयोजना गरेको कार्यक्रममा उक्त वडाका जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि तथा  विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई एकैठाउँमा प्रशिक्षत गरे ।

    त्यसैगरी उनी देवदह आएको अवसर पारेर देवदह बुद्ध पव्लिक इ.बो. स्कूलले २ वटा कार्यक्रम गर्यो । सिनियर र जुनियर विद्यार्थीलाई २ वटा सेसनमा विभाजन गरेर बुद्ध पब्लिकले सकारात्मक सोँच र अभिभावक तथा शिक्षकसँगको सामिप्यताबारे कार्यक्रम गर्यो ।

    यसैगरी केरवानी माविमा अधिकारीले देवदहका ४ वटा सामुदायिक विद्यालयका शिक्षक कर्मचारी तथा सम्पूर्ण सामुदायिक विद्यालयका प्र.अ.हरुलाई एकैठाउँमा जागरण सहितको प्रेरणा भर्ने काम गरे ।

    उनी देवदह आएको अवसर पारेर नगरपालिकाले समेत नगरका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीलाई जम्मा पारेर क्षमता विकासका लागि स्वजागरण कार्यक्रम सञ्चालन गर्यो ।

    अधिकारीले देवदहको सगरमाथा आवासीय मावि र कोलिय ईङ्लिस बोर्डिङ स्कुलमा  विद्यार्थीहरुलाई प्रशिक्षण दिदै उनीहरुको मनलाई अभिभावक र शिक्षकहरुसँग जोड्ने काम गरे । विद्यार्थीहरुले अभिभावकको दुःख सम्झिएर गहभरी आँसु बगाउँदा कार्यक्रम स्थल केही समय शब्दविहिन बन्यो ।

    जव अधिकारी आफ्नो प्रस्तुतिको विच तिर पुग्थे, त्यसबेलाको सन्नाटा यस्तो हुन्थ्यो, त्यहाँ सियो खसेपनि आवाज सुनिन्थ्यो ।

    उनले न्यू नमुना ई. बो. स्कुलमा पुगेर अभिभावकहरुलाई आफ्ना बालबालिकाको भविष्य र उनीहरुको जिम्मेवारीवारे प्रशिक्षत गरे । कार्यक्रम हलमा भरिएर बसेका अभिभावकको मन भरिनेगरी उनले प्रस्तुत गरेका शव्दले सहभागिहरुलाई निशव्द बनाएको देखिन्थ्यो ।

    मोटिभेसनल स्पिकर अधिकारीले आध्यात्मिक कार्य, आत्मचेतना, सकारात्मक सोच, सडक मानवमुक्त नगर अभियान, परस्पर सम्मानको संस्कृति र अहिलेको सामाजिक परिप्रेक्ष्यलाई जोडेर आफ्नो प्रस्तुती दिएका छन् ।

    उनका अनुसार, चेतनामूलक अभ्यासले व्यक्तिगत स्तरमा आत्मबोध र आत्म अनुशासनलाई प्रोत्साहित गर्छ, जसको प्रभाव समग्र समाजमा दीर्घकालीन रूपान्तरणका रूपमा देखिन्छ ।

    सडक मानवमुक्त नगरको घोषणा तयारी

    देवदह नगरप्रमुख ध्रुव प्रसाद खरेलले स्वजागरण अभियानलाई नगरको नीति–नियमसँग जोडेर अघि बढाइने बताएका छन् । उनका अनुसार, ‘देवदहले यही भदौ २५ गते सडक मानवमुक्त नगरको घोषणा गर्ने तयारी गरेको छ । यो घोषणा केवल औपचारिकता होइन, हामीले लिएको सामाजिक प्रतिवद्धताको संकेत हो । सडकमा कोही पनि असहाय रहनु नपर्ने वातावरण बनाउनु नै हाम्रो दीर्घकालीन उद्देश्य हो ।’ उनले भने ।

    अधिकारीको प्रशिक्षणमा प्राय सबैठाउँमा पुगेका देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले कार्यक्रमको प्रभाव देवदहमा केहि समयपछि देखिनेमा आफु बिस्वस्त रहेको बताए । ‘अहिले हरेक नागरिकमा निराशा छ, चिन्ता छ । अघिकांशमा नकारात्मकता हावी छ ।’ उनले भने, ‘सकारात्मक सोच र नेतृत्व विकासका लागि चेतनामूलक कार्यक्रमहरू अनिवार्य छन् । यी कार्यक्रमहरू समाज रूपान्तरणका औजार हुन् ।’

    सामाजिक प्रभाव र दीर्घकालीन महत्व

    देवदहमा भइरहेको चेतनामूलक गतिविधिले छोटो अवधिमै विद्यालयका विद्यार्थी, महिला समूह, युवा क्लब र सामाजिक संघसंस्थाभित्र चेतनाको लहर सिर्जना गरेको छ । आत्म चेतना र आध्यात्मिकताको अभ्यासले व्यक्तिगत स्तरमा अनुशासन, संयम र सकारात्मक सोच बढाइरहेको छ भने, सामूहिक रूपमा अराजकता, लापरबाही र अव्यवस्थित जीवनशैलीबाट टाढा रहन प्रेरित गरिरहेको छ ।

    कार्यक्रमकै अवसरमा सोमबार देवदह नगरपालिकामा प्रशिक्षक अधिकारीको रोहवरमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगाएत जनप्रतिनिधिहरुले नगरलाई भदौ महिना भित्रै ‘सडक मानवमुक्त नगर’ घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरियो । जसले देवदहलाई सामाजिक न्याय र मानवीय मर्यादाको दृष्टिले देशकै अग्रणी नगरको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

    कमजोर, असहाय र बेघर मानिसलाई संरक्षणको दायरामा ल्याउने यो अभियान केवल देवदलाई मात्रै नभई सम्पूर्ण समाजलाई मानवीयताको नयाँ उदाहरण दिन सक्ने अभ्यास हो ।

    यस्ता गतिविधिले देवदहलाई चेतनामूलक, नेतृत्व उन्मुख र सामाजिक रूपान्तरणमा अगुवा नगरका रूपमा परिचित गराउनेछ । रामजी अधिकारीजस्ता अभियन्ताको सक्रियता र देवदह नगरपालिकाको नीति निर्णयले देवदहलाई आगामी वर्षहरूमा नेपालको नमुना समाज रूपान्तरण नगरको रूपमा उभ्याउने सम्भावना बढेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।