कृष्ण अन्जान,रुरु। लुम्बिनी प्रदेशका साँसद कमल राज श्रेष्ठले लाेप हुँदै गईरहेकाे धार्मिक साँस्कृतिक र ऐतिहासिक परम्पराकाे सम्वर्धन र सँरक्षण गरिनु पर्नेमा जाेड दिनु भएकाे छ ।
रुरु धार्मिक सन्चार सेवा प्राईभेट लिमिटेडले बुधबार रुरुधाममा आयाेजना गरेकाे सातौँ भजन महाेत्सव तथा खुल्ला भजन प्रतियोगिता तथा कराेड दिप प्रज्वलन कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश विशेषाधिकार समतिका सभापति समेत रहनु भएका साँसद श्रेष्ठले हाम्राे पुर्विय सँस्कृतिमा भावनात्मकता रहेकाे बताउनु हुँदै हाम्रो धराेहर नै हाम्रो साँस्कृतिक परम्परा भएकाे ले हामी मा भावना छ र हाम्रो जस्तो भावना पश्चिमाहरुमा नभएकाे ठाेकुवा गर्नु भयाे ।
रुरुक्षेत्रकाे धार्मिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले रुरुक्षेत्रकाे बृहत विकासका गर्न गुरुयोजना अनुसारकाे काम शुरु गरेकाे बताउनु भयाे । महाेत्सवमा बाेल्दै रुरुक्षेत्र गाउँ पालिका अध्यक्ष निलकण्ठ गौतमले हामीले समग्र रुरुक्षेत्रलाई धार्मिक पर्यटनकाे रुपमा विकास गर्ने गरि काम थालेकाे बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौडेलले मानिस भित्र अास्था र निष्ठा भयाे भने पथभ्रष्ट नहुने बताउनु भयाे । कालिगण्डकी नदि पाईने हरेक ढुँगामा भगवानकाे अँश रहेकाे र शालिग्राम मात्र पाईने पवित्र नदिकाे तट रुरुधामकाे ठुलाे महत्व रहेकाे प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयाे ।
हरेक वर्ष अायाेजना गरिने भजन महाेत्सवमा भजन प्रतियोगिता दुना टपरी प्रतियोगिता शँख फुक्ने प्रतियोगिता असल बुहारी सम्मान जेष्ठ नागरिक सम्मानका कार्यक्रम अायाेजना गरिएकाे थियाे । नितान्त धार्मिक अनुष्ठानकाे रुपमा भएकाे कार्यक्रममा एक कराेड बत्ति प्रज्जवलन गरिएकाे थियाे ।
रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडाध्यक्ष रामलाल विकले कार्यक्रममा पचास लाख बत्ति अाफ्नाे तर्फबाट प्रज्ववलन गरि २ लाख रकम सहयाेग गर्नु भएकाे थियाे । सँस्थाका अध्यक्ष चुरामणि तिमिल्सिनाकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे । र कार्यक्रमकाे सन्चालन सन्चारकर्मी भुवन भुषालले गर्नु भएकाे थियाे ।
कार्यक्रममा यस वरिपरिका स्थानीय का साथै पाल्पा गुल्मीका प्रमुख जिल्ला अधिकारी तथा उच्च सुरक्षा अधिकारी सँगै जन प्रतिनिधि हरुकाे उपस्थिती रहेकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology