Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

बैशाख ११ गते शनिवार, श्री शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

बैशाख ११ गते शनिवार, श्री शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • बैशाख ११ गते शनिवार, श्री शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ बैशाख ११ गते शनिवार । तदनुसार २४ अप्रिल २०२१ । श्री शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष– बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ। विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ।  ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।  रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।  आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। 

    images
    images
    images

    वृष– प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्।  मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला, साथै भौतिक साधनको क्षतिले रुपैयापैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा सावधानी अपनाउनुहोला। 

    images
    images
    images

    मिथुन– प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।  परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।  सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। ेसन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ। 

    कर्कट– प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।  भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ।  मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला ।  नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ। प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। 

    सिंह– आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ, द्रब्य प्राप्तिको पनि योग रहेको छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ।  व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ ।  अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ।

    कन्या– कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ।  कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । प्रयत्न गर्दागर्दै पनि सफलता हात लाग्ला ।  दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ। 

    तुला– अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ ।  समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मेहनतअनुसार फाइदा कमै होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। 

    वृश्चिक– शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ। तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ ।  विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् ।  टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। 

    धनु– आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।  भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला ।  नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। 

    मकर– मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।  शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्।  हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। 

    कुम्भ– आमाको माध्यमबाट काम बनाउन सकिनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। धन जनको पनि बृद्घि हुने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला ।  सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ ।  चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ।

    मीन– सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ ।  आज नसोचेको ठाउबाट धनकोृ लाभ हुने देखिन्छ, साथै ब्यापार ब्यबसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।

    ॐ हरिशरणम् ।

    यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।