Logo

२०८३, आश्विन १०गते


images
images

एमसीसी प्रोजेक्ट

एमसीसी अन्तर्गत बन्ने विद्युत् प्रसारण आयोजनाका दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर

एमसीसी अन्तर्गत बन्ने विद्युत् प्रसारण आयोजनाका दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर

images
  • एमसीसी अन्तर्गत बन्ने विद्युत् प्रसारण आयोजनाका दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर
    images
    images

    काठमाडौँ । नेपाल र अमेरिकी सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको एमसीसी नेपाल कम्प्याक्ट सम्झौताको विद्युत् प्रसारण आयोजनाअन्तर्गत एमसीए-नेपालले आज दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर गरेको छ ।

    images
    images
    images

    एमसीए-नेपाल, एन्जेलिक-स्किपर जेभी र वाइबा-सलासर जेभीबिच भएको ठेक्का सम्झौता हस्ताक्षर समारोहमा एमसीसीका कम्प्याक्ट अपरेशन विभागका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गल, अर्थ सचिव घनश्याम उपाध्याय, कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्स, एमसीसीका आवासीय देशीय निर्देशक डायान फ्रान्सिस्को र एमसीए-नेपालका कार्यकारी निर्देशक खड्ग विष्ट उपस्थित थिए ।

    images
    images
    images

    झन्डै १५ करोड ४५ लाख अमेरिकी डलर मूल्य बराबरका यी ठेक्का सम्झौताअन्तर्गत रातमाटेदेखि न्यू दमौली र न्यू दमौलीदेखि न्यू बुटवलसम्मको अनुमानित कुल २९७ किलोमिटर प्रसारण लाइनमध्ये १८० किलोमिटर प्रसारण लाइनको डिजाइन, जडान, परीक्षण र निर्माण गरिनेछ ।

    images
    images
    images

    एमसीसीका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गलले कार्यान्वयन साझेदारहरूलाई बधाई दिँदै यस प्रसारण लाइन नेपालको विकासका लागि महत्त्वपूर्ण कोसेढुङ्गा रहेको कुरामा जोड दिँदै यसले देशभरि विद्युत्‌को प्रभावकारी प्रवाह सुनिश्चित गर्ने, नेपाली घरपरिवार, उद्योग र उद्यमका लागि विद्युत्‌को मूल्य सस्तो बनाउने र नेपालका लागि घरेलु र क्षेत्रीय रूपमा बलिया आर्थिक वृद्धिका अवसरहरू सिर्जना गर्ने कुरा बताए ।

    नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले भने- 'यो कोसेढुङ्गा एउटा निर्माण ठेक्का सम्झौता मात्र नभई नेपालको विकास र समृद्धिप्रतिको अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक समेत हो । यस साझेदारीमार्फत हामीले विद्युत्‌को लाइन र आर्थिक पूर्वाधार निर्माण मात्र गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि गति दिइरहेका छौँ । एमसीसी कम्प्याक्ट सम्झौता नेपाल र अमेरिकाबीचको सहकार्यको आधारशिला हो । नेपालका सबै नागरिकलाई लाभ पुग्ने गरी मिलेर अघि बढ्न पाएकोमा हामीलाई गर्व लागेको छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।