काठमाडौँ । अस्ट्रेलियाले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा फिलिस्तिनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने भएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बनीजका अनुसार फिलिस्तिनी प्राधिकरणले अस्ट्रेलियासँग केही वाचा गरेको छ, जसमा सेना र हतियार घटाउने, आम निर्वाचन गर्ने र इजरायलको अस्तित्वलाई मान्यता दिने कुरा समावेश छन् । उनले भने, “दुई राष्ट्रको मान्यता नै मध्यपूर्वमा हिंसा अन्त्य गर्न र गाजामा संघर्ष, पीडा र भोकमरी रोक्नका लागि मानवताको सबैभन्दा ठूलो आशा हो ।”
यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि फिलिस्तिनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने तयारी गरेका छन् । उता, युद्धविरामका लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले भने फिलिस्तिनलाई मान्यता दिनु भनेको “आतंकवादलाई इनाम दिनु” जस्तै भएको टिप्पणी गरेको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि अहिलेसम्म गाजामा भोक र कुपोषणका कारण पाँच जनाको मृत्यु भइसकेको छ । यससँगै मृतकको कुल संख्या २१७ पुगेको छ । मन्त्रालयका अनुसार २०२३ देखि अहिलेसम्म इजरायली सैन्य कारबाहीमा ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
स्रोत : BBC Hindi
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology