Logo

२०८३, श्रावण २७गते


images
images

सडक दुर्घटना

सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

images
  • सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
    images
    images

    सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान ठोक्किएको हो ।

    images
    images
    images

    मृतकको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई इनरुवा, विराटनगर न्युरो, र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बस चालक झापा, अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खतिवडाले बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनसरी
  • # सडक दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।