Logo

२०८३, श्रावण २७गते


images
images

सलमान खानसँग काम नगर्न कपिल शर्मालाई धम्की

सलमान खानसँग काम नगर्न कपिल शर्मालाई धम्की

images
  • सलमान खानसँग काम नगर्न कपिल शर्मालाई धम्की
    images
    images

    काठमाडौँ । भारतका चर्चित कमेडी कलाकार कपिल शर्मालाई सलमान खानसँग काम नगर्न धम्की आएको छ । इन्डिया टुडेका अनुसार लरेन्स बिश्नोई गिरोहका एक सदस्यले कपिललाई सलमान खानसँग काम गर्ने जो कोहीलाई पनि मारिने भन्दै चेतावनी दिएका छन् । 'द ग्रेट इन्डियन कपिल शर्मा शो' को पहिलो एपिसोडमा सलमान खान पनि देखिएका थिए । 

    images
    images
    images

    गत महिना, जुलाई १० मा, कपिल शर्माको क्यानडामा रहेको क्याप्स क्याफेमा गोलीबारी गरिएको थियो । गोलीबारी गर्ने व्यक्तिहरूले यसको भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । क्याफेमा १० देखि १२ राउन्ड गोलीबारी गरिएको थियो । त्यसपछि विहिबार दोस्रो पटक कपिलको क्यापेमा गोली चलाइएको छ ।

    images
    images
    images

    खालिस्तानी हरजीत सिंह लड्डीले अन्तिम गोलीबारी भएको जिम्मेवारी लिएका थिए । हरजीत सिंह लड्डी एनआईएको मोस्ट वान्टेड आतंककारीहरूको सूचीमा समावेश छन् र बब्बर खालसा इन्टरनेशनलसँग सम्बन्धित छन् । अब लरेन्स बिश्नोई गिरोहले नयाँ आक्रमणको जिम्मेवारी लिएको छ ।

    images
    images
    images

    यो घटनापछि पनि उनी आफ्नो कमेडी शो 'द ग्रेट इन्डियन कपिल शर्मा शो' को सुटिङ गरिरहेका छन् । कपिलले जान्हवी कपूर र सिद्धार्थ मल्होत्रासँग नयाँ एपिसोड शुटिंग गरेका छन् ।

     

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कपिल शर्मा
  • # सलमान खान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।