Logo

२०८३, श्रावण २७गते


images
images

विश्व पृथ्वी दिवसको अवसरमा बुटवलमा साईकल र्‍याली

विश्व पृथ्वी दिवसको अवसरमा बुटवलमा साईकल र्‍याली

images
  • सेतोमसी सहकर्मी
  • विश्व पृथ्वी दिवसको अवसरमा बुटवलमा साईकल र्‍याली
    images
    images

    बुटवल । विश्व पृथ्वी दिवसको अवसरमा बुटवलमा साईकल र्‍याली गरिएको छ । राष्ट्रिय कार्यमा युथ समिति युथ क्यान रुपन्देहीको आयोजनामा सचेतनामुलक जीतगढी किल्लाबाट सचेतना साईकल रयाली गरिएको हो । 'हाम्रो पृथ्वी पुनस्थापित गरौ' भन्ने नारासहित यसवर्ष विश्वभर नै विविध कार्यक्रम गरि मनाइयो । 

    images
    images
    images

    र्‍यालीको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायव उपरिक्षक डम्वर बहादुर बिकले जितगढी किल्लामा उद्घाटन गर्दै स्वस्थ्य र सचेतनाका लागि साईक्लिङको महत्व रहेको बताए। 

    images
    images
    images

    र्‍याली बुटवल उपमहानगरपालिकाको महेन्द्र पार्क, राजमार्ग चौराहा हुदै तिलोत्तमा नगरपालिका कार्यालय परिसरमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा जिल्ला साईक्लिङ संघ, बुटवल युनाईटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, ह्याप्पि साईक्लिङका साईक्लिष्टहरु सहभागी रहेका थिए।  

    images
    images
    images

    समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले दिगो विकास र वातावरण जोगाउने विषयमा युवाहरुको अगुवाई जरुरी हुने बताए। कार्यक्रममा वातावरण संरक्षक युवराज कंडेलले युवाहरु सचेतना जगाउन अग्रपंक्तिमा आउनुपर्ने बताए। प्रकृति जगाउने, दिगो विकासमा युवा पुस्ताहरु सचेत बन्न सकेमात्र पृथ्वी जोगिने उनले बताए।

    देशमै बन्यजन्तु सम्बन्धिको मुद्दामा ९२ प्रतिशत ४० वर्षभन्दा कम उमेरका युवा पक्रने तथ्याकबाट पुष्टि भएको भन्दै युवाहरुलाई सहि मार्गमा ल्याउने गरि योजना बनाउन सुझाव दिए। वातावरण संरक्षणसंगै युवा पुस्तालाई आयआर्जनमा जोड्नुपर्ने उनले बताए । केही स्थानिय सरकारहरु केवल बकेट राखेर प्लास्टिक मुक्त नगर घोषणा सफल नहुने भन्दै नागरिकलाई सचेत बनाउन जरुरी रहेको बताए। 
    तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा नारासहित वार्षिक नीति तथा कार्यक्रम बनाएर अघि बढेको दाबी गरे। प्रत्येक वर्ष ५०हजार बिरुवा लगाउने अभियान नै चलाउदै आएको उनले बताए ।

    १ लाख २५ हजार जनसंख्या रहेको नगरका बासिन्दाहरुबाट जन्मदिनमा बिरुवा रोप्ने कार्यक्रम नै चलाएको उनले बताए । कार्यक्रममा राष्ट्रिय कार्यमा युथ समिति युथ क्यानका अध्यक्ष रामु पाण्डे, युथ क्यानका जिल्ला अध्यक्ष कमल न्यौपाने, रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, युथ क्यानको सचिव गणेश पन्त, रोटरी क्लब अफ सेन्ट्रल बुटवल सुरज खरेल, दारी ग्याङका विरेन्द्र जिसिले सबै मिलेर सचेतनामा अगाडि बढाउनुपर्ने बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व पृथ्वी दिवस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।