Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित शिक्षा समितिबाट पारित

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित शिक्षा समितिबाट पारित

images
  • विद्यालय शिक्षा विधेयक परिमार्जनसहित शिक्षा समितिबाट  पारित
    images
    images

    काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

    images
    images
    images

    प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकले उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित भएको हो । आजदेखि विधेयकमाथिको छलफलसमेत सकिएको छ ।  समितिले सचिवालयलाई प्रतिवेदन लेख्न निर्देशन दिएको छ । अब २७ गते बस्ने समिति बैठकले सहमति जुट्न बाँकी रहेका केही विषयमा छलफल गरेर निर्णय गर्ने सभापति अम्मर बहादुर थापाले जानकारी दिएका छन् । 

    images
    images
    images

    उपसमितिले सहमति जुटाएर तयार पारेको प्रतिवेदनमा अब विद्यालयका प्रधानाध्यापक नेपाल शिक्षक महासंघको सदस्य हुन नपाउने व्यवस्था छ । त्यस्तो सदस्य प्रधानध्यापक भए आफ्नो कार्यकाल रहेसम्म स्वत: निष्कृय हुने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    त्यस्तै नयाँ विधेयकमा अब स्थायी शिक्षक बढुवा हुन पाँच वर्षमा कार्यसम्पादन र ज्येष्ठताका आधारमा ८० अंक ल्याए स्वत: बढुवा हुने व्यवस्था गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।