Logo

२०८३, आश्विन १०गते


images
images

पाकिस्तान विस्फोट

पाकिस्तानको बलुचिस्तानमा विस्फोट, सेनाका मेजरसहित तीन सैनिकको मृत्यु

पाकिस्तानको बलुचिस्तानमा विस्फोट, सेनाका मेजरसहित तीन सैनिकको मृत्यु

images
  • पाकिस्तानको बलुचिस्तानमा विस्फोट, सेनाका मेजरसहित तीन सैनिकको मृत्यु
    images
    images

    काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    images
    images
    images

    घटना कुर्दगाप तहसीलको काली पसन्द खान नजिकै भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    अज्ञात हतियारधारी व्यक्तिहरूले विस्फोटक पदार्थ राखेको र सुरक्षा बलका गाडीहरू त्यहाँबाट गुज्रिरहेको बेला विस्फोट भएको बताइएको छ । एउटा सैन्य गाडी विस्फोटमा परेको थियो, जसमा एक सेनाका मेजर र अन्य दुई सैनिकको मृत्यु भएको थियो । दुर्घटनामा अन्य तीन जना घाइते भएका थिए ।

    images
    images
    images

    पाकिस्तानी सेनाको मिडिया शाखा, आईएसपीआरले यस आक्रमणको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन । बलुच लिबरेशन आर्मीले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाकिस्तान विस्फोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।