Logo

२०८३, श्रावण २७गते


images
images

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

images
  • डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ
    images
    images

    सप्तरी । डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा सुरूङ्गा नगरपालिका-८ बस्ने २७ वर्षीय र २८ वर्षीय पुरुष, सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय पुरुष, बोदेबरसाइन नगरपालिका-२ बस्ने २० वर्षीय पुरुष, खडक नगरपालिका-११ बस्ने ३४ वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका-८ बस्ने २४ वर्षीय पुरुष उदयपुर बेलका नगरपालिका-१ बस्ने २८ वर्षीय पुरुष, सिराहा लाहान नगरपालिका-६ बस्ने ५२ वर्षीय पुरुष र लाहान नगरपालिका-८ बस्ने ३८ वर्षीय पुरुष रहेका छन् । 

    images
    images
    images

    सुरूङ्गा नगरपालिका-८ मलहनमा टोल बस्ने कन्तलाल चौधरीको घरमा २०८२ जेठ २३ गते धनमाल लुटपाट गरी कन्तलालको गोली हानी हत्या गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, खुकुरी १ थान, चाँदीको जस्तो देखिने बाला १ थान र बालिया १ थान समेत बरामद गरेको छ । 

    images
    images
    images

    उनीहरू उपर डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।