नवलपरासी । पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड सडक सुचारु भएको छ । नवलपरासी (पूर्व) बिनयी त्रिवेणी-२ बिश्वकर्मा मन्दिरस्थित पूर्व पश्चिम राजमार्ग सुचारू भएको प्रहरीले जानकारी दिएको छ ।
दाउन्ने स्थित बिश्वकर्मा मन्दिर लगायत पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डको बिभिन्न स्थानमा अविरल बर्षातको कारण बाटो हिलो र चिप्लो भई सवारी सञ्चालनमा कठिनाई भएकोमा अहिले सुचारू भएको प्रहरीले जनाएको छ ।
यस अघि विश्वकर्मा बाबा मन्दिर नजिकै एउटा मालवाहक सवारी बिग्रिएको कारणले पनि सडक अवरुद्ध भएको थियो । प्रहरीले बाटो हिलो र चिप्लो भएकोले आफ्नो लेनमा गाडी हिडाउन अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology