Logo

२०८३, आश्विन ११गते


images
images

विपद् जोखिम

बढीपहिरोको जोखिम बढेपछि हाइअलर्टमा बस्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

बढीपहिरोको जोखिम बढेपछि हाइअलर्टमा बस्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

images
  • बढीपहिरोको जोखिम बढेपछि हाइअलर्टमा बस्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन
    images
    images

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरुलाई आवश्यक शतर्कता अपनाउन निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भूभागका देखिएको मनसुनजन्य जोखिमको जानकारी लिएका थिए ।

    images
    images
    images

    बैठकमा उनले अहिले देशका विभिन्न स्थानको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्वतयारीमा रहन, घटना घटिहालेमा क्षति हुन नदिन,खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन निर्देशन दिएका छन् ।  त्यस्तै, उनले सम्भावित जोखिम रहेको क्षेत्रमा एसएमएस अलर्ट,स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि ध्यानाकर्षण गराए । 

    images
    images
    images

    बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बीनी प्रदेशको दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराए ।  भारी वर्षा हुँदा बबइ नदि र राप्ती नदिको पश्चिम भागमा खतराको तह पार गरेकाले बर्दिया क्षेत्रमा अबको ४ देखि ५ घण्टामा डुबान पर्न सक्ने सम्भावना रहेको बताए । त्यस्तै, मधेस प्रदेशमा देखिएको खडेरीको अवस्थबारेमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहले चासो राखेका थिए । सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेसमा हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाई भएको जानकारी गराएका थिए । बैठकमा आज राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको बारे पनि जानकारी गराइएको छ । यस्तै पानी पार्ने अर्को प्रणाली मकवानपुरमा सक्रिय हुने आँकलन गरिएको छ । 

    images
    images
    images

    त्यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए । 

    बैठकमा मनसुन सक्रिय हुन थालेको अवस्थामा बाढी पहिरोलगायतका मनसुनजन्य विपद्को जोखिम उच्च भएकाले धनजनको क्षती हुन नदिन कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएर सरोकारवाला निकायलाई शतर्क र तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । 

    गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि सहभागी थिए । 



     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपद् जोखिम न्यूनीकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।