Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली चलचित्र

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ बाट मिरुनालाई दोस्रो ह्याट्रिकको आशा

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ बाट मिरुनालाई दोस्रो ह्याट्रिकको आशा

images
  • फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ बाट मिरुनालाई दोस्रो ह्याट्रिकको आशा
    images
    images

    काठमाडौं । नेपाली चलचित्र उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका चलचित्र असफलभन्दा पनि सफल धेरै छन् । सुरुवाती वर्षाका केही चलचित्रलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट चलचित्र दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट सिनेमा हुन् । यी तीन सिनेमाले हिटमा ह्याट्रिक गरे ।

    images
    images
    images

    ‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि हिट भए । अब ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदा उनले फेरि दोस्रो पटक हिटमा ह्याट्रिक गर्लिन् त ? यदि, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ व्यापारिक रूपमा सफल भयो भने मिरुनाका लागि यो दोस्रो ह्याट्रिक हुनेछ ।

    images
    images
    images

    आम नेपाली समाजको कथा, इमोस्नल टच, अब्बल कलाकारको लाइनअप रहेकाले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट पनि उनले सफलताको अपेक्षा गरेकी छन् । “जसरी यसअघि सफल भएका सिनेमामा काम गर्दा पोजेटिभ भाइब्स आउँथ्यो । यो सिनेमा गर्दा पनि त्यस्तै महसुस भइरहेको छ,” मिरुना भन्छिन्, “त्यसैले यो चलचित्रबाट पनि धेरै आशा छ । दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु ।”

    images
    images
    images

    बलियो लाइनअप रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् । उनी भन्छन्, “यसले निम्न र मध्यम वर्गीय नेपालीको समस्या उजागर गर्छ । नेपाली दर्शकको मुड र रुचि अनुसार तयार गरिएको यो सिनेमा सम्पूर्ण वर्गको प्रतिनिधि कथा बन्नेछ ।” “हाम्रो केही न केही हराएको हुन्छ, कहिले वस्तु, कहिले सम्बन्ध, कहिले अस्तित्व,” एसोसिएट निर्देशक राउत भन्छन्, “यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो । त्यही भएर मिरुना मगरलाई चलचित्रमा जोडेका हौँ । उहाँ मार्फत आम नेपालीले भोगेको समस्या यो सिनेमाले देखाउछ । दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्नेमा म विस्वस्त छु ।’

    आम नेपाली समाजमा गहिरो गरी गुञ्जिरहेको भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

    पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

    चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

    अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिरुना मगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।