Logo

२०८३, श्रावण २७गते


images
images

पोखरा महानगरपालिका

पोखरामा पहिलो पटक आयोजित आरयु फेष्टको १० हजार बढीले गरे अवलोकन

पोखरामा पहिलो पटक आयोजित आरयु फेष्टको १० हजार बढीले गरे अवलोकन

images
  • पोखरामा पहिलो पटक आयोजित आरयु फेष्टको १० हजार बढीले गरे अवलोकन
    images
    images

    पोखरा । पोखरामा पहिलो पटक आयोजित आरयु फेष्टको १० हजार बढिले अवलोकन गरेका छन् ।

    images
    images
    images

    पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत आयोजित फेष्टको १० हजार बढिले अवलोकन गरेका हुन् । 

    images
    images
    images

    फोहोरलाई खजना (मोहोर) बनाउने मूल मन्त्र र पोखरा लगायत सिङ्गो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयास रुवरूप फेस्ट गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माणमा सघाउ पुर्‍याउने उनको विश्वास छ । 

    images
    images
    images

    फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।