काठमाडौँ । प्रहरीले बारा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जनालाई पक्राउ गरेको छ ।
९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाराको सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने एक पुरुषलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय पुरुषलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology