Logo

२०८३, आश्विन ९गते


images
images

स्तनपान सप्ताह

विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ

विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ

images
  • विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ
    images
    images

    काठमाडौँ  । विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताह मनाउन लागिएको हो ।

    images
    images
    images

    सन् १९९२ देखि प्रत्येक वर्ष अगस्ट १ तारिखदेखि मनाउँदैं आएको विश्व स्तनपान दिवस १ अगष्टबाट एक हप्तासम्म मनाइन्छ । विश्वभरका विभिन्न देशहरुजस्तै नेपालले पनि विगत लामो समयदेखि यो दिवसलाई आत्मसात गर्दै सोही अनुरुप विभिन्न कार्यक्रम गरेर मनाइदैं आएको हो ।

    images
    images
    images

    विश्व स्तनपान सप्ताह २०२५ को नारा 'स्तनपानलाई प्राथमिकता दिनुहोस् दिगो सहयोग प्रणाली सिर्जना गर्नुहोस्' भन्ने रहेको छ । 

    images
    images
    images

    बालबालिकाको जीवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाइने गाइभैसीको दुध तथा बजारमा पाइने बट्टाको दुधबाट नपाइने भएकाले यस सम्बन्धी सचेतना जगाउन सप्ताहको मूल उद्देश्य हुने जनाइएको छ । 

    सरकारले स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न तथा सबै प्रकारका कुपोषण न्युनीकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहहरुमा स्तनपान कक्षको स्थापना समेत गरिएको छ । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन र आमालाई प्रेरित गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) र युनिसेफको सहाकर्यमा हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । 

    भर्खरै जन्मेको शिशुको लागि आमाको दूध नै सबथोक हुन्छ । शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको जन्मसिद्ध अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई पनि हुन्छ । सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ । तर यो बिगौती दूधलाई फोहोर दूध भनेर धेरैले फाल्ने पनि गरेका छन् । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टा भित्र स्तनपान सुरु गरिसक्नु पर्ने र छोटो–छोटो अवधिमा आमाको दूध खुवाउनु बच्चाको लागि अतिउत्तम हुने स्त्रीरोग विशेषज्ञहरु बताउँछन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।