Logo

२०८३, आश्विन ९गते


images
images

लुइस डियाजको बायर्न म्युनिखमा चार बर्षको सम्झौता

लुइस डियाजको बायर्न म्युनिखमा चार बर्षको सम्झौता

images
  • लुइस डियाजको बायर्न म्युनिखमा चार बर्षको सम्झौता
    images
    images

    काठमाडौँ । कोलम्बियाका लेफ्ट विंगर लुइस डियाजले बायर्न म्युनिखसँग चार बर्षको सम्झौता गरेका छन् । डियाजले लिभरपुल छोडेर जर्मनी च्याम्पियन बायर्न म्युनिख गएका हुन् ।

    images
    images
    images

    बायर्न म्युनिखले डियाजसँग २०२९ को जुन ३० सम्मका लागि सम्झौता गरेको जानकारी दिएको छ । बायर्न म्युनिखमा डियाजले १४ नम्बरको जर्सी लगाउने भएका छन् ।    

    images
    images
    images

    बायर्नले डियाजलाई लिभरपुलबाट ७५ मिलियन युरोमा किन्न सहमत भएको बताइएको छ । 

    images
    images
    images

    २८ बर्षिय डियाज २०२१ मा पोर्चुगिच क्लब पोर्टोबाट लिभरपुल आएका थिए । उनले लिभरपुलमा १४८ खेल खेल्दै ४१ गोल गरेका छन् भने २३ गोल असिस्ट पनि गरेका छन् । लिभरपुलमा डियाजले २०२१-२२ सिजनमा च्याम्पियन्स लिग, गत सिजनमा प्रिमियर लिग, दुई इएफएल कप तथा एफए कप र कम्युनिटी शिल्ड जितेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बायर्न म्युनिख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।