Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

इटालीको ब्रेसियामा राजमार्गमा विमान खस्यो, श्रीमान-श्रीमतीको मृत्यु

इटालीको ब्रेसियामा राजमार्गमा विमान खस्यो, श्रीमान-श्रीमतीको मृत्यु

images
  • इटालीको ब्रेसियामा राजमार्गमा विमान खस्यो, श्रीमान-श्रीमतीको मृत्यु
    images
    images

    काठमाडौँ । इटालीको ब्रेसिया नजिकै ए२१ कोर्डामोल-ओस्पिटेल राजमार्गमा एउटा अल्ट्रालाइट विमान दुर्घटनाग्रस्त भएको भिडियो अहिले भाइरल भएको छ ।

    images
    images
    images

    यस दुर्घटनामा विमानमा बसिरहेका ७५ वर्षीय वकिल सर्जियो रभाग्लिया र उनकी ५५ वर्षीया श्रीमती अन्ना मारिया डे स्टेफानोको मृत्यु भयो । जबकि २ जना घाइते भए ।

    images
    images
    images

    प्रारम्भिक जानकारी अनुसार, पाइलटले आपतकालीन अवतरण गर्ने प्रयास गरे, तर कम गतिका कारण विमानको नियन्त्रण गुमाए । इटालीको राष्ट्रिय उडान सुरक्षा एजेन्सीले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ । 

    images
    images
    images

    विमान धेरै तल उडिरहेको र घुम्दै गर्दा अचानक सडकमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । विमान सडकमा खसेपछि ठूलो विस्फोट भयो र आगो फैलिएको थियो ।

    विमान ठोक्किँदा दुई कारमा आगो लाग्यो । एक चालक गम्भीर घाइते भए र उनलाई अस्पताल लगियो भने अर्कोको घटनास्थलमै उपचार गरिएको मिडिया रिपोर्टमा बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।