Logo

२०८३, आश्विन १०गते


images
images

मोदीको तीन बर्षको विदेश भ्रमण खर्च २९५ करोड !

मोदीको तीन बर्षको विदेश भ्रमण खर्च २९५ करोड !

images
  • मोदीको तीन बर्षको विदेश भ्रमण खर्च २९५ करोड !
    images
    images

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन बर्षमा विदेश भ्रमणमा २९५ करोड भारु खर्च गरेको देखिएको छ । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा भएको खर्चको विवरण संसदमा पेश गर्दै यो जानकारी दिएको हो ।

    images
    images
    images

    मन्त्रालयका अनुसार २०२५ मा हालसम्म पाँच देशको प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा ६७ करोड भन्दा बढी खर्च भएको छ । त्यस्तै २०२१ देखि २०२४ सम्ममा मोदीको विदेश भ्रमणमा २९५ करोडभन्दा बढी खर्च भएको विदेश मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    तृणमूल कांग्रेसका नेता तथा राज्यसभा सांसद डेरेक ओब्रायनको प्रश्नको लिखित जवाफमा विदेश मन्त्रालयले मोदीको विदेश भ्रमणको खर्च बारे जानकारी दिएको हो।

    images
    images
    images

    विदेश मन्त्रालयले २०२५ मा हालसम्म गरेका भ्रमणहरूको विवरणमा फ्रान्स, अमेरिका, थाइल्याण्ड, श्रीलंका र साउदी अरेबिया सहित पाँच देशको भ्रमण समावेश छ । मन्त्रालयले यस वर्ष भ्रमण गरिएका बाँकी नौ देशहरूको बिलको प्रक्रिया अझै जारी रहेको बताएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।