Logo

२०८३, श्रावण २७गते


images
images

जेसीज सप्ताह

देवदहमा अर्धचेतन मष्तिष्कको उपयोग सिकाउँदै जेसीज

देवदहमा अर्धचेतन मष्तिष्कको उपयोग सिकाउँदै जेसीज

images
  • देवदहमा अर्धचेतन मष्तिष्कको उपयोग सिकाउँदै जेसीज
    images
    images

    देवदह । देवदह जेसीजले 'जेसीज सप्ताह' सुरु गरेको छ । हरेक वर्ष सप्ताहव्यापी कार्यक्रम गर्दै आएको जेसीजले यो वर्ष देवदहका ७ वटा शैक्षिक संस्थामा 'अर्धचेतन मष्तिष्कको प्रयोग' बारे तालिम दिने जनाएको छ ।   

    images
    images
    images

    जेसीज सप्ताहको पहिलो दिन बिहिवार देवदहको भलुहीमा अवस्थित जनप्रिय माध्यमिक विद्यालयमा तालिम दिइएको देवदह जेसीजका महासचिव कमला अर्यालले  जानकारी दिइन् । 

    images
    images
    images

    तालिममा विद्यालयको कक्षा १० मा अध्ययनरत ५० जना विद्यार्थी सहभागी रहेको जनाइएको छ ।

    images
    images
    images

    जेसीज सप्ताह र अर्धचेतन मष्तिष्कको प्रयोग सम्बन्धि तालिमबारे कुरा गर्दै देवदह जेसीजका अध्यक्ष दीपक अधिकारीले युवाहरुमा सकारात्मक उर्जा प्रवाह गर्न फरकखालको कार्यक्रम गरिएको बताए । 

    'हाम्रो मष्तिष्कको ९० प्रतिशत भाग अर्धचेतन हुन्छ, जुन अत्यन्तै शक्तिशाली हुन्छ ।' उनले भने, 'अहिले हामीले चेतन अवस्थामा रहेको १० प्रतिशत मात्र मष्तिष्कको प्रयोग गरिरहेका छौं । यसलाई वृद्धि गर्न तालिमले योगदान पुर्याउँछ भन्नेमा विश्वस्त छौं ।'

    देवदह जेसीज .jpeg

    अध्यक्ष अधिकारीले युवा-विद्यार्थीहरुमा सकारात्मक सोचको विकास गर्न सकेको खण्डमा विदेश पलायनको अवस्था समेत रोकिने र राज्यका हरेक अंगमा समारात्मक परिवर्तन आउने विचार व्यक्त गरे ।

    तालिममा देवदह नगरपालिका वडा नं ९ का अध्यक्ष मोहन जिसी, विद्यालयका अध्यक्ष अमर लामिछाने, प्रधानाध्यापक गायत्री खरेल, भलवाडी जेसीजका अध्यक्ष मीन तिवारी, बुटवल जेसीजका महासचिव प्रकाश गैरे लगायतको उपस्थिति रहेको थियो ।  

    देवदह जेसीजका अध्यक्ष दीपक अधिकारी र  भलवाडी जेसीजका अध्यक्ष मीन तिवारीले तालिम दिएको कार्यक्रमको संचालन गोविन्द पराजुलीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।