काठमाडौँ । भारत र बेलायतबीच नयाँ व्यापार सम्झौता भएको छ । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री किरोन स्मार्टरसँग स्वतन्त्र व्यापार सहमति गरेका हुन् । यसले दुई देशबीचको व्यापार अर्बौंले बढाउने बताइएको छ ।
यो सम्झौताले बेलायती कार, एयरोस्पेस, इलेक्ट्रिकल, मेडिकल उपकरण र ह्विस्कीलाई भारतमा सस्तो बनाउनेछ, जबकि भारतीय कपडा र गहना पनि बेलायतमा सस्तो हुनेछ । यो सम्झौताले अवैध आप्रवासनलाई सम्बोधन गर्न नयाँ भारत-बेलायत योजनाप्रति प्रतिबद्धता पनि व्यक्त गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यो सम्झौतापछि बेलायतका विपक्षी दलहरूले बेलायती कामदारहरूलाई हानि पुर्याउन सक्ने चेतावनी दिएका छन् । यस सम्झौतामा राष्ट्रिय बीमा योगदानमा छुट एक वर्षबाट बढाएर तीन वर्ष गरिए पछि विपक्षी दलहरुको चेतावनी आएको हो । बेलायती व्यापार मन्त्री जोनाथन रेनोल्ड्सले यो पूर्ण रूपमा गलत आरोप भएको बताउदै बेलायतमा अस्थायी रूपमा काम गर्ने भारतीय कामदारहरूले पनि पहिले नै धेरै अन्य देशहरूलाई दिइँदै आएको सुबिधा भारतीय कामदारहरुले पनि पाउने बताएका छन् ।
बेलायतबाट निर्यात हुने सामानहरूमा औसत शुल्क १५ प्रतिशतबाट घटाएर ३ प्रतिशत गरिनेछ, जसले गर्दा बेलायती कम्पनीहरूलाई भारतमा सामान बेच्न सजिलो हुनेछ । दुई प्रधानमन्त्रीले रक्षा, शिक्षा, जलवायु र प्रविधिको क्षेत्रमा निकट सहयोगमा पनि सहमति जनाएका छन् । प्रधानमन्त्रीको रूपमा यो नरेन्द्र मोदीको बेलायतको चौथो भ्रमण हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology