काठमाडौँ । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा, ओखलढुंगा र कैलालीबाट चार जनालाई पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ डेरा गरी बस्ने सुनसरीका २६ वर्षीय महमद सुबजानलाई प्रहरीले पक्राउ गरेको छ । महमदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुवहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाको चौबिसे गाउँपालिकाका २८ वर्षीय रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । रोशनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट फलामेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका ५२ वर्षीय तेन्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको लम्कीचुहा नगरपालिकाका २५ वर्षीय तपेन्द्र भुललाई प्रहरीले पक्राउ गरेको छ । तपेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology