Logo

२०८३, आश्विन १०गते


images
images

बेलायतकी पूर्व सांसद यौन दुर्व्यवहार र घरेलु हिंसाको शिकार

बेलायतकी पूर्व सांसद यौन दुर्व्यवहार र घरेलु हिंसाको शिकार

images
  • बेलायतकी पूर्व सांसद यौन दुर्व्यवहार र घरेलु हिंसाको शिकार
    images
    images

    काठमाडौँ । बेलायतकी पूर्व सांसद केट निभेटनले आफ्ना पति तथा पूर्व सांसद एन्ड्रयु ग्रिफिथ्सविरुद्ध वैवाहिक जीवनमा यौन दुर्व्यवहार र घरेलु हिंसाको गम्भीर आरोप लगाएकी छिन् ।

    images
    images
    images

    बेलायती टिभी च्यानल आइटीभी १ को एक वृत्तचित्रमा केटले ग्रिफिथ्सले सुतेको बेला धेरै पटक बलात्कार गरेको बताएकी छन् ।

    images
    images
    images

    उनले भनेकी छन्- 'म सुतेको बेला उनी मसँग जबरजस्ती यौनसम्पर्क गर्थे । धेरै पटक मैले सहें, तर धेरै पटक म रोएँ । त्यसपछि उनी रिसाएर मलाई ओछ्यानबाट लात हानेर निकाल्थे । म रुन्थे, म डराएको हुन्थे, तर उनी भन्थे, कसैले पनि तिमीलाई विश्वास गर्दैनन्, म सांसद हुँ, प्रहरी पनि मसँगै छ । म आफूलाई कोठामा बन्द गर्थें वा घरबाट निस्कन्थें ।'

    images
    images
    images

    ग्रिफिथ्स र केटको २०१३ मा विवाह भएको थियो भने ५ वर्षपछि, दुवै २०१८ मा अलग भएका थिए ।

    २०१९ मा, केटले बर्टनबाट सांसद चुनाव लडिन र  जितिन् पनि । केटले आफ्ना पतिले आफ्नी दुई हप्ताकी छोरीलाई दुर्व्यवहार गरेको समेत बताएकी छन् । घटना सम्झँदै केटले भनिन्- 'उनकी छोरी केवल दुई हप्ताकी थिइन् । एक बिहान, जब उनी दूधको लागि रोइरहेकी थिइन् र ग्रिफिथ्स संसद जान तयार भइरहेका थिए, उनले छोरीलाई दुर्व्यवहार गरे र उनीमाथि कराए ।' केटका अनुसार, बाहिरबाट उत्तम देखिने सम्बन्ध भित्र कति विष लुकाउन सकिन्छ भनेर कसैलाई थाहा छैन ।

    बेलायतको एक पारिवारिक अदालतले २०२१ मा ग्रिफिथ्सले केटलाई बलात्कार गरेको र बारम्बार शारीरिक हिंसा गरेको स्वीकार गर्यो । अदालतले केटलाई मानसिक रूपमा उत्पीडन गरेको समेत स्वीकार गर्यो । केटले ५ वर्षसम्म यातना भोगेपछि पनि उनले ५ वर्षसम्म कानुनी व्यवस्थासँग लडनु परेको सुनाइन् । केटले, अलग भएपछि पनि ग्रिफिथ्सले ५ वर्षसम्म कानुनी व्यवस्था मार्फत उनलाई उत्पीडन गरिरहेको आरोप लगाएकी छन् । केटको यो सम्पूर्ण कथा आइटिभी १ र यसको डिजिटल प्लेटफर्म आइटिभी एक्समा 'ब्रेकिंग द साइलेन्स: केटको स्टोरी' नामक वृत्तचित्रमा देखाइएको छ ।

    केटको व्यक्तिगत कथा बाहेक, यसले बेलायतको पारिवारिक अदालतहरूले प्रत्येक वर्ष ३० हजारभन्दा बढी घरेलु हिंसाका मुद्दाहरूमा कसरी कमजोर निर्णयहरू लिन्छ भनेर पनि देखाएको टिप्पणी गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।