Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

बंगलादेश वायुसेनाको विमान विद्यालयमा दुर्घटना, मृत्यु हुनेको संख्या १९ पुग्यो

बंगलादेश वायुसेनाको विमान विद्यालयमा दुर्घटना, मृत्यु हुनेको संख्या १९ पुग्यो

images
  • बंगलादेश वायुसेनाको विमान विद्यालयमा दुर्घटना, मृत्यु हुनेको संख्या १९ पुग्यो
    images
    images

    काठमाडौँ । बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको एक विद्यालयमा दुर्घटनाग्रस्त हुदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    बंगलादेशको मिडिया डेली स्टारका अनुसार विद्यालयमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट दुर्घटनामा १९ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएका छन् ।

    images
    images
    images

    ६० जना घाइतेहरूलाई बर्न इन्स्टिच्युटमा रिफर गरिएको छ । साथै, सामान्य घाइते भएका २५ जनाको उत्तरा मेडिकल कलेजमा उपचार भइरहेको डेली स्टारले उल्लेख गरेको छ ।

    images
    images
    images

    बंगलादेशी सेनाले दुर्घटनामा वायुसेनाको एफ-७ बिजीआई विमान दुर्घटना भएको जानकारी दिएको छ।

    अहिले राहत र उद्धारको काम भइरहेको र राहत र उद्धार कार्यका लागि सीमा रक्षक बंगलादेशका दुई टोलीहरू खटाइएको बंगलादेशको सेनाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।