Logo

२०८३, श्रावण २७गते


images
images

धादिङ र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

धादिङ र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

images
  • धादिङ र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
    images
    images

    काठमाडौँ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

    images
    images
    images

    त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका-४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।