देवदह । रोटरी क्लब अफ देवदहको नवौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतवार आयोजित एक कार्यक्रमका बिच क्लबले पद हस्तान्तरण गरेको हो ।
नवनिर्वाचित अध्यक्ष डोलराज न्यौपाने (अर्जुन)लाई क्लबका एसिस्टेन्ट गभर्नर जितेन्द्रनाथ शर्माले पद तथा गोपनियताको सपथ गराए ।
न्यौपानेको नेतृत्वमा वर्ष २०२५,२६ का लागि क्लबको इलेक्टेड प्रेसिडेन्टमा नारायण भण्डारी, भाइस प्रेसिडेन्टमा डा. कृष्ण गैरे, कृष्ण अधिकारी र विष्णु पाण्डे, सचिवमा नागेन्द्र पराजुली, कोषाध्यक्षमा गुरु प्रसाद न्यौपाने, क्लब एडमिनिष्टर चेयर होमनाथ भट्टराई, सर्विस प्रोजेक्ट चेयर रामचन्द्र उपाध्याय, रोटरी फाउन्डेसन चेयर दिपक काफ्ले, मेम्बर चेयर मनोज बयाम्बु, पब्लिक रिलेसन चेयर नवीन कुँवर, कम्युनिटी चेयर प्रकाश सुबेदी, सर्जेन्ट एट आर्मस फस्ट दुर्गा भुर्तेल, सर्जेन्ट एट आर्मस सेकेन्ड कमल तिवारी रहेका छन ।
सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष न्यौपानेले रोटरी क्लबले आफ्नो कार्यकालमा गर्ने योजना सार्वजनिक गरेका छन् । उनले विगतका योजनालाई निरन्तरता दिने र आगामी बर्ष शिक्षा, स्वास्थ र वातावरणलाई मध्यनजर गर्दै अघि बढ्ने बताए । जसमा रक्तदान, वृक्षरोपण, स्वास्थ्य शिविर, अक्षयकोष स्थापना, छात्रवृत्ति जस्ता कार्यक्रमहरु रहेका छन् ।
कार्यक्रममा बर्ष २०२४,२५ का अध्यक्ष बिष्णु प्रसाद पाठकले आफ्नो वार्षिक क्रियाकलाप तथा आफ्नो कार्यकालमा गरेका कार्यक्रमहरुको भिडियो नोट प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा देवदहका नगर प्रवक्ता, तथा वडा नं ५ का अध्यक्ष गणेश डुम्रे, क्लबका चार्टर प्रेसिडेन्ट जय किसान अधिकारी, रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष बाबुराम बन्जाडे, रोट्रयाक क्लब अफ देवदहका अध्यक्ष नेत्र भुसाल लागायतले रोटरी क्लब र यसको कामबारे चर्चा गरे ।
सोही कार्यक्रममा रोटरीले एक लाख १५ हजार रुपैंया बराबरको छात्रबृत्ति अक्षयकोष घोषणा गरेको छ भने क्लबमा ४ जना नया सदस्य थप गरेको जनाएको छ ।
क्लबका पूर्व अध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वागत तथा नारायण भण्डारीको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology