Logo

२०८३, आश्विन १०गते


images
images

रुससँग शान्ति वार्ता पुनः सुरु गर्न यूक्रेनको नयाँ प्रस्ताव

रुससँग शान्ति वार्ता पुनः सुरु गर्न यूक्रेनको नयाँ प्रस्ताव

images
  • रुससँग शान्ति वार्ता पुनः सुरु गर्न यूक्रेनको नयाँ प्रस्ताव
    images
    images

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेको बताएका छन् । जेलेन्स्कीले गत महिनादेखि रुस र युक्रेनबीचको वार्ता रोकिएको अवस्थामा नयाँ प्रस्ताव गरेको बताएका हुन् ।

    images
    images
    images

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वरिष्ठ सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्को हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको बताएका छन् । जेलेन्स्कीले युद्धविरामको लागि हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले फेरि एकपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटघाट गर्नुपर्ने कुरा दोहोर्‍याएका छन् । जेलेन्स्कीले भने- 'शान्ति सुनिश्चित गर्न नेतृत्व स्तरमा बैठक आवश्यक छ ।'

    images
    images
    images

    हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार प्रदान गर्ने योजनाको घोषणा ५० दिनमा युद्धविराम भएन भने रुसमा भारी कर (शुल्क) लगाइने चेतावनी दिएका छन् ।

    जेलेन्स्कीको प्रस्ताव बारे रुसको प्रतिक्रिया भने आएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।