Logo

२०८३, आश्विन ११गते


images
images

राजस्व संकलन ११ खर्ब ७८ अर्ब पुग्यो, पछिल्ला १० वर्षको राजस्व संकलन विवरण कस्तो छ ?

राजस्व संकलन ११ खर्ब ७८ अर्ब पुग्यो, पछिल्ला १० वर्षको राजस्व संकलन विवरण कस्तो छ ?

images
  • राजस्व संकलन ११ खर्ब ७८ अर्ब पुग्यो, पछिल्ला १० वर्षको राजस्व संकलन विवरण कस्तो छ ?
    फाइल फोटो
    images
    images

    काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ मा देशभरबाट ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । अघिल्लो वर्षको तुलनामा यो १ खर्ब २० अर्ब रुपैयाँले बढी हो । प्रतिशतमा हेर्दा ११ दशमलव ३३ प्रतिशतको वृद्धि देखिएको छ ।

    images
    images
    images

    अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । २०८१/०८२ मा सरकारले सुरुमा १४ खर्ब १९ अर्ब संकलन गर्ने लक्ष्य लिएको थियो । तर अर्धवार्षिक समीक्षापछि उक्त लक्ष्य घटाएर १२ खर्ब ८६ अर्ब कायम गरिएको थियो । त्यसको ९१ दशमलव ६० प्रतिशत मात्रै संकलन भएको हो ।

    images
    images
    images

    राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद् र अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल हुँदाहुँदै पनि तुलनात्मक रूपमा राजस्व संकलन उत्साहजनक देखिएको छ । 'तयारी सुरु गरिसकेका छौं', उनले भने, 'चालू आर्थिक वर्षमा लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।'

    images
    images
    images

    सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ मा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

    पछिल्ला १० वर्षको राजस्व संकलन विवरण हेर्दा क्रमशः यसरी देखिन्छ:

    • २०७१/०७२ — ४ खर्ब ५ अर्ब

    • २०७२/०७३ — ४ खर्ब ८१ अर्ब

    • २०७३/०७४ — ६ खर्ब ९ अर्ब

    • २०७४/०७५ — ७ खर्ब २६ अर्ब

    • २०७५/०७६ — ८ खर्ब २९ अर्ब

    • २०७६/०७७ — ७ खर्ब ९३ अर्ब

    • २०७७/०७८ — ९ खर्ब ३५ अर्ब

    • २०७८/०७९ — १० खर्ब ६६ अर्ब

    • २०७९/०८० — ९ खर्ब ५७ अर्ब

    • २०८०/०८१ — १० खर्ब ५८ अर्ब

    • २०८१/०८२ — ११ खर्ब ७८ अर्ब

    • २०८२/०८३ — १३ खर्ब १५ अर्ब (लक्ष्य)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।