Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

सगरमाथामा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

images
  • सगरमाथामा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । बुधवार एक कार्यक्रमबीच नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण तथा विद्यार्थी आचारसंहिताबारे प्रशिक्षित गरिएको विद्यालयका सह-प्राचार्य प्रदीप अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै स्वर्णिम सगरमाथा क्याम्पसका अध्यक्ष तथा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्रीले देवदहको शैक्षिक विकासमा सगरमाथाको अतुलनिय योगदान रहेको बताए । सगरमाथा मावि र स्वर्णिम सगरमाथा कलेजले देशमै उत्कृष्ट नतिजा दिएको उल्लेख गर्दै अध्यक्ष खत्रीले विद्यार्थीको चौतर्फी विकासको लागि सगरमाथा उत्कृष्ट गन्तव्य भएको दावी गरे । 

    images
    images
    images

    हिसान रुपन्देहीका अध्यक्ष तथा एभरेष्ट इंलिश बोर्डिंङ्ग स्कुलका प्राचार्य कृष्णबहादुर न्यौपानेले सफल हुने विद्यार्थीको चाहनामा सगरमाथा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सगरमाथा बुटवल पुर्वको सबैभन्दा पुरानोमध्ये एक र उत्कृष्ट नतिजामा आफुलाई वर्षौदेखि प्रमाणित गर्दै आएको उल्लेख गर्दै उनले विद्यार्थीहरुमा सकारात्मक सोचको विकास गराउने र सिप प्रदान गर्ने कार्यमा विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीको दोस्रो घरको रुपमा सगरमाथा रहने बताए । विद्यार्थी र अभिभावकको विश्वास कै कारण सगरमाथाले शैक्षिक उचाइ चुमेको उल्लेख गर्दै उनले उनीहरुलाई निराश नबनाउने प्रतिबद्धता जनाए ।  

    कार्यक्रममा मोटिभेसनल स्पिकर कमल सिलवालले सहजीकरण गरेका थिए ।

    कार्यक्रममा कलेज संचालक समिति सदस्य तथा देवदह इंलिश बोर्डिंङ्ग स्कुलका प्राचार्य विष्णुप्रसाद पौडेल, राष्ट्रिय प्याब्सन रुपन्देही सचिव तथा न्यु लुम्बिनी स्कुलका प्राचार्य विनोद थापा, प्याब्सन देवदहका अध्यक्ष तथा देवदह मदरटंग एकेडेमीका प्राचार्य रामबहादुर गुरुङ, विद्यार्थी रमित अधिकारी, अभिभावक झविन्द्र अधिकारी लगायतले बोल्दै सगरमाथाको शैक्षिक गुणस्तर र शिक्षा क्षेत्रमा योगदानबारे चर्चा गरे । 

    विद्यालयका कक्षा ११-१२ कोर्डिनेटर दिपेशविक्रम मल्लको संचालन रहेको कार्यक्रममा सह-प्राचार्य प्रदीप अधिकारीले स्वागत गरेका थिए । 

    वि. सं. २०५१ सालमा स्थापना भएको सगरमाथामा हाल एक हजार ६ सय बढी विद्यार्थी अध्ययनरत छन् भने ६५ जना शिक्षक कार्यरत छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।